परीक्षामा चोरी गरेको आरोपमा जेल

फोटो : बीबीसी
फोटो : बीबीसी

भारतको बिहार राज्यस्तरीय विद्यालयको परीक्षामा चोरी गरेको आरोपमा एक छात्रालाई दुई हप्ताको जेल सजाय दिइएको छ । आफ्नो विषयमा सर्वोत्कृष्ट नतीजा ल्याएकी भनिएकी रुबी रायको नतिजा नक्कली देखिएपछि उनलाई जेल सजाय दिइएको हो ।

सर्वोत्कृष्ट नतिजा ल्याएकी भनिएकी छात्राले अन्तवार्ताका क्रममा सामान्य विषयमा समेत अनविज्ञता प्रकट गरेपछि उनको पुर्नपरीक्षा लिइएको थियो । १७ वर्षीय रुबीले अन्तर्वार्ताका क्रममा पोलिटिकल साइन्सको अर्थ खाना पकाउने बिषयसँग सम्बन्धित अध्ययन भएको बताएकी थिइन् भने पुनपरीक्षामा कवि तुलसीदासका बिषयमा निबन्ध लेख्न दिइएकोमा एक अनुच्छेद पनि लेख्न सकिनन् ।

पुनपरीक्षाका क्रममा अनुत्तिर्ण भएपछि उनलाई गिरफ्तार गरी अदालतमा हाजिर गराइएको थियो । न्यायिक अधिकारीले उनलाई आगामी जुलाई महिनाको ८ तारिखसम्मका लागि जेल पठाएका हुन् । यसैबीच बिहार प्रहरीले उत्कृष्ट नतीजा ल्याउने अरु थुप्रै विद्यार्थीका नाममा पनि वारेन्ट जारी गरेको छ । उक्त प्रकरणका कारण यसै महिना सो राज्यका विद्यालय परीक्षा बोर्डका प्रमुखले समेत राजीनामा दिएका थिए ।

उनी नाबालिग भएकाले उनलाई किशोर किशोरीलाई राख्ने ठाउँमा पठाचनुपर्ने भन्दै उनलाई जेल सजाय दिने निर्णयको आलोचना गरिएको छ। बिहार राज्यका एकजना मन्त्रीले अधिकारीहरुले विद्यार्थीहरुलाई दण्ड दिने होइन, शिक्षा प्रणालीलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्।

रायको पुनर्परीक्षा लिएका परीक्षकहरुले उनको काम देखेर छक्क परेको बताए। कवि तुलसीदासको बारेमा निबन्ध लेख्न भन्दा उनले “तुलसीदास जी प्रणाम” मात्रै लेखेकी थिइन्। उत्कृष्ट नतीजा ल्याउने अरु थुप्रै विद्यार्थीका नाममा गिरफ्तारीको वारेन्ट जारी गरिएको छ। उक्त प्रकरणका कारण यसै महिना सो राज्यको विद्यालय परीक्षा बोर्डका प्रमुखले राजीनामा दिएका थिए।