पत्रिका कार्यालयमा चोरी

DSCF9854राजविराज स्थित कल्याण पोष्ट दैनिकको कार्यालयमा गए राति चोरी भएको छ । मध्य रातमा आएका चोरहरुले कार्यालयको सटर फुटाएर कार्यालय भित्र रहेका एक थान ल्यापटप, १ थान कम्प्युटर र एक थान क्यामेरा सहितको सामग्रीहरु चोरेर लगेको कल्याण पोष्ट दैनिककी सम्पादक माला कर्णले जानकारी गराईन ।
राजविराज १ स्थित नेपाल पत्रकार महासंघकै भवनमा उक्त पत्रिकाको कार्यालय रहेको छ । राति पत्रिकाको काम गरेर कार्यालय वन्द गरी घर गएको र विहानै फर्किदा सटर ताल्चा फुटाईएको फेला परेपछि भित्र हेर्दा चोरी भएको जानकारी पाएको सम्पादक कर्णले वताईन ।
लगत्तै प्रहरीलाई फोन गरेपनि झण्डै दुई घण्टा पनि प्रहरी टोली सनाखतका लागि कार्यालय पुगेको कर्णको भनाई छ । पछिल्लो एक साता यता नगर क्षेत्रमा ऋृखंलाबद्ध चोरीका घटनाहरुमा ह्वात्तै बृद्धि भएको छ ।
यसैविच विभिन्न सञ्चार सम्बद्ध संघ संस्थाहरुले घटनाको भत्र्सना गर्दै नगर क्षेत्रमा वढदै गएको चोरीका घटनाहरु प्रति प्रहरीलाई गम्भीरता पुर्वक कदम उठाउन आग्रह गरेका छन् ।