पत्रकार यादव र भारतीय नागरिक चौधरीलाई ‘मैथिली’ सम्मान

20160423_145839 मैथिली भाषा, संस्कृति एवम् साहित्यको संरक्षण सम्वद्र्धनमा योगदान पुर्याउने सप्तरीका यूबा पत्रकार श्यामसुन्दर यादवलाई ‘मैथिली सम्मान’बाट सम्मानित गरिएको छ ।

मैथिल समाज नेपाल रुपन्देहीले बुटवलमा शनिवार आयोजना गरेको ‘विद्यापति
स्मृति पर्व एवं मैथिल परिवार मिलन समारोहका बीच सप्तरीका यादव र भारतीय नागरिक प्रवीणनारायण चौधरीलाई सम्मान गरिएको हो । पत्रकार यादव मैथिली साहित्य परिषद्का सचिव एवम् न्यूज टुडे दैनिक-अनलाइनका सम्पादक हुन् ।

पत्रकार एवम् अभियानकर्मी यादवलाई मातृभाषाको उन्नयनमा चिन्तन, वन्दन, एवम् सृजनरत रही मैथिलीको गौरव–गरिमा बढाउनमा समर्पित रहेको भन्दै उक्त सम्मानपत्रमा अगाडि लेखिएको छ ‘पत्रकारिता, सांस्कृतिक सञ्चयन एवम् भाषिक जागरणजन्य अभियानी संलग्नता आदिमा तपाईको विविधामार्गी सक्रियताले मैथिली भाषाको स्वर्णिम विगतको उत्खनन् तथा सुनौलो भविष्य प्रबन्धन गर्नमा ठोस योगदान भइरहेको छ, तपाइको यो सम्वेदना, सोच र सामथ्र्य निरन्तर लहलहाई रहोस् र यो माध्यमबाट मिथिला–मैथिली अझ जगउजागर हुँदै जाओस् यही शुभकामनाकासाथ तपाइमा यो सम्मान सादर समर्पित गरिएको छ ।’

प्रवीणनारायण चौधरी सम्मान ग्रहण गर्दै
प्रवीणनारायण चौधरी सम्मान ग्रहण गर्दै

सप्तरीको जमुनी मधेपुरा–छपकी भथौल जन्मथलो भएका पत्रकार यादव बाल्यकालदेखि नै मावली मलेकपुर गाविस–५ खुरहुरियामा रहेर मैथिली कला, साहित्य एवम् संस्कृति संरक्षण सम्वन्धि गतिविधिका साथै पत्रकारिता पेशामा विगत डेढ दशकदेखि सक्रिय भूमिका निभाउँदैआएका छन् ।

यसैगरी अर्का सम्मानित व्यक्तित्व भारतीय नागरिक चौधरी दहेज विरोधी संस्था ‘दहेजमुक्त मिथिला’का अन्तर्राष्ट्रिय संयोजक हुन् । मैथिली जिन्दावाद अनलाइनका सम्पादक समेत रहेका उनी मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण तथा उन्नयनमा महत्वपूर्ण भूमिका निभाउँदैआएका छन् ।

मैथिलीप्रति समर्पित रहेका चौधरी मैथिलीभाषालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धनमा संघर्षरत दहेज तथा बालविवाह विरुद्धको अभियानलाई जन–जनमा पुर्याउन उनी विभिन्न अभियान सञ्चालन गर्दैआएका छन् ।

मैथिली अभियानीद्वय चौधरी र यादवलाई मैथिल समाज नेपाल रुपन्देहीको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् व्यवस्थापिका संसदका सांसद डा. वीरेन्द्र प्रसाद महतो र आयोजक संस्थाका अध्यक्ष मुखिलाल चौधरीले सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । सोही कार्यक्रममा समाजका आजिवन सदस्य तथा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रसंशा–पत्र प्रदान गरिएको छ ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका  सांसद् डा. विरेन्द्र प्रसाद महतोले राज्यको विभेदका कारण मैथिली भाषा, साहित्य एवम् संस्कृतिको समुचित विकास हुन नसकेको बताएका छन् ।

मैथिल समाज नेपाल रुपन्देहीले बुटवलमा शनिवार आयोजना गरेको ‘विद्यापति स्मृति पर्व एवं मैथिल परिवार मिलन समारोह’का प्रमुख अतिथि महतोले यस्तो कुरा बताएका हुन् । स्थानीय मातृभाषाहरुको संरक्षण गर्नु राज्यको दायित्व भए पनि यसको विकासकालागि ध्यान नदिएको बताउँदै उनले भने ‘विश्वमै उत्कृष्ट साहित्य, कला, संस्कृतीको धनी मानिएको मैथिलीलाई राज्यले हालसम्म विभेद गर्दैआएको छ ।’20160423_133831
राज्यले मातृभाषाहरुको संरक्षण सम्वद्र्धन गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिँदै मैथिली भाषा, साहित्य र संस्कृतिको विकास नभएसम्म नेपालीभाषा समेत समृद्ध हुन नसक्ने उनले तर्क गरे । कुनै पनि समुदायको भाषा संस्कृति पहिचान भएको प्रष्ट पार्दै सांसद महतोले भने ‘राज्यले एकल जातीय पहिचान स्थापित गर्न मैथिली लगायतका भाषाहरुमाथि दमन कायमै राखेको छ, त्यसैले सम्पूर्ण मैथिलीभाषीले आफ्नो भाषा संस्कृति जोगाईराख्न दैनिक रुपमा व्यवहारमा मैथिली भाषा र संस्कृतिहरुलाई विशेष महत्व दिँदै भावी पुस्तालाई हस्तान्तरण गर्दैजानु जरुरी छ ।

मैथिली भाषा, साहित्य र संस्कृतिको विकास नभएसम्म राष्ट्र र राष्ट्रियता मजबुत हुन नसक्ने भन्दै स्थानिय भाषा, संस्कृतिको संरक्षणकालागि राज्य र राजनीतिक दल समेत जिम्मेवार बन्नु पर्ने बताए । असली राष्ट्रियता मधेशीहरुमा भएको प्रष्ट पार्दै उनले भने ‘मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न उठाउने गरिएको छ, असली राष्ट्रियता धोती लगाउनेहरुमा छ ।