पत्रकार यादवलाइ राष्ट्रपतिको सम्मान

pusaskar-press-council-7प्रेस काउन्सील नेपालले आज राष्टपति भवन शितल निवासमा आयोजना कार्यक्रममा पत्रकार श्यामसुन्दर यादवलाइ सम्मान गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा संचार मन्त्री राम कार्कीले संयुक्त रुपमा १० हजार रुपैयाँ राशीको युवा सशक्तिकरण पत्रकारिता पुरस्कारबाट पत्रकार यादवलाइ सम्मान गरेको हो । काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवका अवसरमा यादव सहित ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई समेत पुरस्कारस्वरुप ५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो ।
पत्रकार यादवले विगत डेढ दशकदेखि मधेशमा रहेर छापा तथा रेडियोको माध्यमबाट पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत उनलाई प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार यादवले ग्रामिणमुखि पत्रकारिता प्रवद्र्धन गर्नुका साथै सामाजिक रुपान्तरण एवम् सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदै आएका छन् । २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्ते पत्रिकाबाट उनी पत्रकारिता प्रति आकर्षित भएका थिए ।
काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई दिएको छ ।
एक लाख ५ हजार रुपैयाँ राशीको पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा संचार मन्त्री राम कार्कीले प्रदान गरे ।
AKD_1677प्रेस काउन्सिलले संचार मन्त्रालय सम्हालेका मन्त्रीको पार्टीमा आवद्ध पत्रकारलाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यो पुरस्कार गत वर्ष नेपाली काँग्रेसमा आवद्ध उदयपुरका पत्रकार कौशल चेम्जोङलाई प्रदान गरिएको थियो ।
यस्तै, १ लाख ५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरेलाई प्रदान गरिएको छ । घिमिरे नेपाली काँग्रेसमा आवद्ध पत्रकार हुन् ।

२५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकलाई प्रदान गरिएको छ भने १५ हजार रुपैयाँ राशीको स्तम्भ लेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डांगीलाई दिइएको छ । १५ हजार रुपैयाँ राशीको साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई तथा त्यति नै राशीको भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङ्छा राईलाई दिइएको छ ।
सशक्त संचारकर्मी पुरस्कार पवन आचार्य, डीआर पन्त, डा. राजेश झा अहिराज र महेश दास तथा समावेशी पत्रकारिता पुरस्कार लक्ष्मीकुमारी चौधरी, सुशील दर्नाल, रोशन सावाँ, माधवप्रसाद चम्लागाईं, विष्णुलाल बुढा र शीतल महतोलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ ।
महिला सशक्तिकरण पत्रकारिता पुरस्कार दुर्गा भण्डारी, मनिषा श्रेष्ठ र कविता थापा, क्रियाशिल पत्रकारिता पुरस्कार विनोद शाही, प्रदीपराज वन्त र शेखर अधिकारी तथा सशक्त लेखन पत्रकारिता पुरस्कार रिषव गौतम, मोतिराम तिमिल्सना, प्रकाशकुमार खतिवडा र गणेश लम्साललाई दिइएको छ ।
दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ । १० हजार रुपैयाँ राशीको युवा सशक्तिकरण पत्रकारिता पुरस्कार भुवन शर्मा, लेखनाथ न्यौपाने, हेमन्तकुमार पौडेल र उपेन्द्रराज केसीलाई प्रदान गरिएको छ । पुरस्कृत सबैलाई नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो । पत्रकार यादवलाइ सप्तरी जागरण अनलाको तर्फबाट इहार्दिक धन्यवाद तथा शुभकामना ।