पत्रकार महासंघको केन्द्रीय साधरणसभा बैशाख २१गते चितवनमा हुने

unnamedनेपाल पत्रकार महासंघका सातौं पूर्ण बैठक काभ्रेपलाञ्चोक, धुलिखेलमा २०७२ चैत १५ गते सम्पन्न भएको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासचिव उजिर मगरको कार्यप्रगति, सांगठनिक र भावी कार्यक्रमसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारितसँगै महत्वपूर्ण निर्णयहरू गरेको महासचिव उजिर मगर द्वारा जारी प्रेस वक्तव्य उलेख्य गरिएको छ ।

मुलुकमा नयाँ संविधान जारीसँगै सोही बमोजिम नेपाल पत्रकार महासंघको सांगठनिक संरचनालाई पुनर्संरचनाका लागि विधान संशोधन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले विधान मस्यौदा समिति केन्द्रीय समिति रहने र पुर्नलिखित विधानको मस्यौदा तयार गरी छलफलमा लैजानका लागि सचिवालयलाई जिम्मा दिने निर्णय गरेको छ । महासंघलाई श्रमजीवी पत्रकारहरुको हकहितका लागि ट्रेडयूनियनका रुपमा थप स्थापित गर्नका लागि उचित श्रम अभ्यास र सामूहिक सौदावाजीको वैधानिक अधिकारलाई नयाँ बन्ने विधानमै व्यवस्था गरेर जाने निर्णय बैठकले गरेको महासचिव मगर द्वारा जारी प्रेस वक्तव्य उलेख्य गरिएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय साधरणसभा २०७३ बैशाख २१ गते (मे ३, २०१६ विश्व प्रेस स्वतन्त्रता दिवस) का दिन चितवनमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । साधारणसभा सफल पार्नका लागि अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा मूल समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । मूल समितिमा केन्द्रीय समितिका सवै पदाधिकारी, सल्लाहकार, लेखासमिति संयोजक तथा कार्यसमिति र लेखा समिति सदस्य एवं साधारण सभा हुने जिल्ला चितवन शाखाका अध्यक्ष रहेको साधारणसभा मूल आयोजक समिति गठन गरेको छ ।

आवश्यकताअनुसार स्थानीय आयोजक समिति र अन्य उपसमितिहरू गठन हुने महासचिव मगर द्वारा जारी प्रेस वक्तव्य उलेख्य गरिएको छ ।श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक पुनरावलोकन, पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता, श्रमजीवी पत्रकारका पेशागत सन्दर्भ, मिडियाको प्रवद्र्धन र व्यावसायिक विकास र पत्रकारको दक्षता अभिवृद्धि थप प्रभावकारी कार्यान्वयनका लागि पहल गर्नेे निर्णय बैठकले गरेको महासचिव उजिर मगर द्वारा जारी प्रेस वक्तव्य उलेख्य गरिएको छ ।

महासंघको नयाँ सदस्यता तथा नवीकरणका लागि २०७२ माघ मसान्तभित्र केन्द्रमा विवरण पठाइसक्न सवै शाखा-एशोसियटलाई आह्वान गरे अनुसार नयाँ सदस्यता सिफारिस तथा नवीकरण कार्य उल्लेख्य रुपमा नभएको अवस्था छ । यसमा नवीकरण साधारणसभा अघि सिफारिस गर्न सबै शाखालाई पुनः आव्हान गरिएको छ भने नयाँ सदस्यताको निर्णय साधारणसभापछि मात्र गर्ने निर्णय बैठकले गरेको महासचिव मगर द्वारा जारी प्रेस वक्तव्य उलेख्य गरिएको छ ।

अमलटारी छैठौं पूर्ण बैठकले महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरुको साधारणसभा २०७२ माघ मसान्तसम्म सम्पन्न गरिसक्न सवै शाखा÷एशोसियटलाई आह्वान गरे अनुसार अधिकांश जिल्लामा सम्पन्न भएका छन् । साधारणसभा बाँकी जिल्ला शाखा, प्रतिष्ठान, एसोसिएटले २०७२ चैत मसान्तसम्म साधारणसभा सम्पन्न गर्न परिपत्र गर्ने निर्णय बैठकले ग¥यो ।

पत्रकारको नयाँ आाचारसंहितासम्बन्धी महासंघको सातौं पूर्ण बैठकमा सहभागी केन्द्रीय कार्यसमिति पदाधिकारी, सदस्यहरुसँग सार्थक छलफल गराएकोमा प्रेस काउन्सिल नेपालप्रति बैठक हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ । त्यसका साथै केन्द्रीय समितिको सातौं पूर्ण बैठकलाई आतिथ्यता ग्रहण गर्ने महासंघ काभ्रे शाखालाई समेत बैठकले हार्दिक धन्यवाद ज्ञापन गर्दछ.महासचिव मगर द्वारा जारी प्रेस वक्तव्य उलेख्य गरिएको छ ।

डा. महेन्द्र विष्ट, अध्यक्ष,नेपाल पत्रकार महासंघ
डा. महेन्द्र विष्ट, अध्यक्ष,नेपाल पत्रकार महासंघ

प्रेस वक्तव्य

…………………………..

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७२ चैत १६ गते आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे छ । यस अवसरमा मुलुकभर र संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मीहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारकोहकहितका लागि अग्रजहरूले सुरु गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ आफ्ना अग्रजहरुले देखाएको मार्गबाट रत्तिभर विचलित नभई अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको छ । यसलाई नयाँ नेपाल निर्माणको अवसरको रूपमा लिदै मिडिया क्षेत्रबाट सक्दो व्यावसायिक अभ्यास गर्न जरुरी छ । यद्यपि संविधान जारी हुने क्रम र तत्पश्चात पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का प्रवृत्ति जारी छ, जसले गर्दा मुलुकमा यतिखेर पत्रकारको भौतिक र पेशागत सुरक्षाको चुनौती गम्भीर छ । महासंघको अनुगमन इकाईका अनुसार वितेको एक वर्षमा १२६ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको पाइन्छ । पत्रकार आक्रमणका दोषी किटान भैसक्दा पनि राज्यले अपराधीमाथि कारबाही गर्न नसक्दा दण्डहीनता मौलाएको छ ।

जसले गर्दा पत्रकारहरू सेल्फसेन्सरसिपको मारमा परेका छन् । यस्तो प्रवृत्तिको अन्त्यका लागि म सम्बन्धित सबैमा अपील गर्दछु । यस्तै श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था नाजुक छ । ऐनको प्रभावकारी कार्यान्वयनका निम्ति महासंघले विभिन्न चरणमा निजी र सरकारी सञ्चारमाध्यमको व्यवस्थापन पक्षका साथै सरकार र व्यवस्थापिका संसदसँगसमेत संवाद र दवावका कार्यक्रम गरिरहेको छ । महासंघ सबै निजी तथा सरकारी सञ्चारमाध्यमका व्यवस्थापन पक्ष र सकारसँग श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भीर हुन पुनः आग्रह गर्दछ ।

अन्तमा स्थापना दिवसका अवसरमा चैत्र १६ गते महासंघले काठमाडौको भृकुटीमण्डपबाट शान्तिबाटिकासम्म विहान ७ः०० बजे प्रभातफेरीको आयोजना गरेको जानकारी गराउँदै सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील अगुवा संघसंगठनको नेतृत्वलाई हार्दिक आमन्त्रण गर्दछु । साथै, स्थापना दिवसकै अवसरमा चैत १७ गते दशरथ रंगशालामा नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबलका आयोजना गरेको पनि जानकारी गराउँदछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म सम्पूर्ण नेपाली सञ्चारकर्मीहरूमा पुनः हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दै यस दिनले नेपाली पत्रकारहरूलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरित गरोस् भन्ने कामना पनि गर्दछु । त्यसका लागि जुनसुकै कठिन परिस्थितिको सामना गर्न महासंघ सदैव तपाईँहरूको साथमा रहने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।

डा. महेन्द्र विष्ट
अध्यक्ष