नोबेल मेडिकल कलेजका इन्टर्न डाक्टरहरुले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ

noble3मिति २०७२।३।१३ गते
विज्ञप्ती
नोबेल मेडिकल कजेल विराटनगरमा ५ औं ब्याचका इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी डाक्टरहरुले आफ्ना जायज माग राखी विगत केही दिन देखि शान्तिपूर्ण अभियान जारी राखेको कुरा यहाँहरुलाई अवगतै छ । तर कलेज प्रशासनले हाम्रा मागहरु पुरा गरिसकेको अभिव्यक्ति दिईरहेको कुराको खण्डन गर्दै यस विषयमा केही कुरा स्पष्ट पार्न चाहन्छौं ।

१.    इन्टर्न डाक्टरहरुको निर्वाह भत्ता स्वरुप काठमाण्डौ विश्व विद्यालयले तोके बमोजिम कलेजले प्रदान गर्नै भनिएको विश्वविद्यालयको आधाकाकि पत्र प्राप्त नभएको तथा सेक्युरिटि डिपोजिटको हकमा पनि स्पष्ट अभिव्यक्ति नदिइएकाले अभियानलाई बाध्यतावश निरन्तरता दिनुपरेको जानकारी गराउन चाहन्छौं ।
वार्ताका माध्यमबाट समस्या समाधान गर्न पटक पटक अनरोध गर्दा कलेज प्रशासनले प्रशासन बन्द गरी वार्ताको वातावरण भंग गरेको तथा अघिल्ला केही बैठकमा समस्याको हल खोज्नुको सट्टा झुलाउने प्रयास मात्र गरी विना निकर्ष बैठक टुङ्ग्याउने गरेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौं ।
11 आफ्ना मागका सुनुवाई नभएपछि मागको सम्बोधन होस भन्नाका लागि बाध्यतावश बहिरंग (ओ.पि.डि.) सेवा बन्द गर्नु परेका तर आकस्मिक र सघन उपचार कक्षा जस्ता सम्बेदनशील सेवाहरुमा कुनै खालका अवरोध सिर्जना नगरको कुरा स्पष्ट पार्न चाहन्छौं । साथै आकस्मिक सघन उपचार कक्ष र वार्डमा भर्ना भएका विरामीहरुलाई समय अवधि अगावै सवारी साधनको समेत व्यवस्था गरी जबर्जस्ती डिस्चार्ज गरेको कुराप्ति घोर आपत्ति प्रकट गर्दै यस अगावै विज्ञप्ती जारी गरिएको कुरा पनि अवगत गराउन चाहन्छौं ।
अस्पतालका सबै खाले सेवा ठप्प पारेको तथा तोडफोड गरी करोडौको क्षति पु¥याएको जस्ता आधारहीन झुटा आरोपहरुको खण्डन गर्दै यस्ता कुनै पनि घटनामा सामेल नभएको कुरा जानकारी गराउन चाहन्छौं । साथै हाम्रा पुजनीय गुरुहरुलाई विद्यार्थी उक्साएर अस्पतालको क्षति गर्न अग्रसर भएको भन्ने आरोपको घोर भत्र्सना गर्र्दै हाम्रा गुरुहरुप्रति कलेज प्रशासनले माफी माग्नु पर्ने कुरा पनि अवगत गराउन चाहन्छौं ।

२.    नेपाल सरकार शिक्षा मन्त्रालयले मिति २०७२। ०३।११ गते रोखको बैठकमा उपस्थित हुन नसकेको कुरा मन्त्रालयलाई अवगत गराईसकेको र आगामी बैठकमा उपस्थित हुने कुरा मन्त्रालयलाई पत्र मार्फत जानकारी गराएका छौं ।

३.    नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको सम्पूर्ण शैक्षिक गतिविधि ठप् रहेको जानकारी प्राप्त भएकाले विद्यार्थीको भविष्यमाथि खेलवाड नगरी जतिसक्दो चाँडो शैक्षिक कार्यक्रम पुनः सुचारु गरिदिनु हुन अनुरोध गर्दछौं ।

४.    हाम्रो शान्तिपूर्ण अभियानलाई दमन गर्नका निमित्त कलेज प्रशासनले प्रहरी बल प्रयोग गरी अस्पताल जस्तो सम्बेदनशील ठाउँमा उदण्ड मच्चाएको कुरा अवगतै छ । फेरि पनि क्षतिको झुटो आरोप तथा सुरक्षाको बाहाना बनाई प्रहरी प्रशासनको आडमा दमन गर्ने योजना तयार गरिरहेको कुरा पनि जानकारी गराउन चाहन्छौं ।

13५.    सहज उपायबाट नै समाधान गर्न सकिने समस्यालाई कलेज प्रशासनले अतिरंजित गर्दै समाधान गर्नुको सट्टा झन जटिलतातिर धकेलिरहेकाले कुनै पनि पुर्वाग्रह र वैवनश्यता नराखी वार्ताको माध्यमबाट जायज मागको यथाशिघ्र सम्बोधन गरी अस्पताललाई पुनः सुचारु गर्दै प्रशिक्षार्थी डाक्टरहरुलाईै आफ्नो काममा फर्कने वातावरण सिर्जना गरिदिनु हुन यसै विज्ञप्ती मार्फत सम्बन्धित सबै सरोकारवालाहरुलाई हार्दिक अपिल गर्दछौं ।

12  

बोधार्थ :
श्री नेपाल सरकार, शिक्षा मन्त्रालय काठमाण्डौ ।

श्री डीन, काठमाण्डौ विश्वविद्यालय धुलीखेल ।

श्री अध्यक्ष, नेपाल मेडिकल काउन्सिल, काठमाण्डौ ।

श्री जिल्ला प्रशासन कार्यालय मोरंग ।

श्री सबै विभागहरु नोबेल मेडिकल कलेज ।

इन्टर्न डाक्टर
नोबेल मेडिकल कलेज
इमेल : nobel.fifthbatchinterns@gmail.com