नेपाली पत्रकार माथी एसपी लोहनीद्धारा हातपात, एसपी लोहनीलाई तत्काल सरुवा गर्नुपर्ने महासंघको माग

प्रहरी उपरीक्षक (एसपी) दिवेश लोहनी
प्रहरी उपरीक्षक (एसपी) दिवेश लोहनी

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो इन्टेलिजेन्स महाशाखा (CIB)बाट सरुवा भएर सप्तरी आएका प्रहरी उपरीक्षक (एसपी) दिवेश लोहनीले पत्रकारहरुलाई हातपात गर्दै दुव्र्यबहार गरेका छन् । सरुवा भएर सप्तरी आएको दोस्रो दिनमै दुई जना पत्रकारलाई हातपात गर्दै एसपी लोहनीले अन्य पत्रकारहरुसँग पनि दुव्र्यबहार गरेका छन् ।
छिन्नमस्ता मन्दिरमा पूजापाठ गर्न आएका भारतीय योगगुरु रामदेवको समाचार संकलन गर्न गएका सप्तरीका दुई जना पत्रकारलाई एसपी लोहनीले आफैं हातपात गरेका हुन् । योगगुरु रामदेव मन्दिरमा पूजा गर्न गइरहँदा उनीसँगै भारतीय पत्रकारहरु भित्र छिरेका थिए । भातीय पत्रकारहरु भित्र छिरिरहेको देखेर सप्तरीका पत्रकारहरु पनि भित्र जान खोज्दा एसपी लोहनीले आफैं हातपात गर्दै रोकेका हुन् ।
रोक्ने क्रममा एसपी लोहनीले नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य चन्दन यादव तथा रासस सम्वाददाता अरुण यादवलाई हातपात गर्दै अन्य पत्रकारहरुलाई पनि पछि धकेल्ने प्रयास गरेका थिए ।
नयाँ एसपीले एक्कासी यस्तो व्यबहार देखाएपछि यहाँ उपस्थित भएका सप्तरीका पत्रकारहरु आश्चर्यचकित भएका थिए ।

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष श्रवणकुमार देवले शनिबार साँझ बिज्ञप्ती जारी गर्दै तत्काल एसपी लोहनीलाई सरुवा गर्न माग गरेका छन् । माग पूरा नभएमा सप्तरीका सम्पूर्ण संचारकर्मी कडाभन्दा कडा आन्दोलनमा उत्रने बिज्ञप्तीमा चेतावनी दिइएको छ । यस्तै प्रेस मंच सप्तरीले पनि बिज्ञप्ती जारी गर्दै एसपी लोहनीमाथि कार्वाहीको माग गरेको छ ।

मंचका सह सचिव ध्रुब मण्डलले आफ्ना सचिव समेत रहेका चन्दन यादवलाई हातपात गरेकोप्रति निन्दा गर्दै कार्वाहीको माग गरेका छन् ।

रामदेब मन्दिर परिसरमा पुग्दा उपरिक्षक लोहनीले एक दर्जनको संख्यामा रहेका भारतीय पत्रकारलाई विना रोकटोक योगगुरु रामदेब संगै मन्दिर प्रबेश गराएका थिए । तर योगगुरु रामदेबको फोटो खिच्न सदरमुकाम राजविराजवाट आएका स्थानिय नेपाली संचारकर्मीलाई उपरिक्षक लोहनीले आफै हातपात र दुबर्यबहार गरेका थिए । लोहनीले नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य चन्दन यादबलाई बुट,मुडकीले हान्दै तथानाम गाली गरेका थिए । यस्तै क्यामरा  सहित उपस्थित अन्य राष्ट्रिय र स्थानिय संचारमाध्यममा कार्यरत नेपाली पत्रकारलाई उनले अपशब्द भन्दै दुब्र्यबहार गरेका थिए ।
‘एसपी लोहनीको क्रियाकलाप हेर्दा अक्क न बक्क भईयो’,नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देबले भने,‘जिल्लामा आएको पहिलो दिन पत्रकार हो भनेर परिचित हुदा हुदै आफैले बुट,मुडकीले हान्दै अपशबद प्रयोग गर्नुले उनी प्रेस स्वतन्त्रताको विरोधी मानसिकताका भएको प्रष्ट भएको छ ।’
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीले शनिवार साझ बिज्ञप्ती जारी गर्दे संचारकर्मी उपर एसपी लोहनीले गरेको हातपातको विरोध गरेको छ । महासंघले एसपी लोहनीको तत्काल सरुवा गर्नुपर्ने माग गर्दे माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।