नेपाली चेली संयुक्तालाई भारतमा सफलता

संयुक्ता तिम्सीना
संयुक्ता तिम्सीना

नेपाली युवायुवतिहरु अन्तराष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रर्दशन गर्न सक्षम छन् भन्ने उदाहरण नेपाली चेली संयुक्ता तिम्सीनाले देखाएकी छन् ।

भारतको लोकप्रिय टिभी च्यानल सोनीमा यहि भाद्र १४ गते राती ९ : ४५ बजेबाट प्रसारण हुने ‘२०२५ जाने क्या होगा आगे’ नामको सिरियलमा तिम्सीनाको मुख्य भूमिका रहेको छ । भारतको अप्टिमीष्टिक प्रोडक्सन हाउसले निर्माण गरेको उक्त सिरियल पनि अन्य टेलिभिजन सिरियल पनि लोकप्रिय बन्ने ठानिएको छ ।

इन्डीयन आइडल, क्राइम प्रेट्रोल, कमेडि सर्कस, कम या ज्यादा, कहो ना यार है, खुलजा सिम सिम, जिन्दगी कहे स्माइल प्रिल्ज, प्रितम प्यारे और वो गोलमाल है भाई सब गोलमाल है जस्ता लोकप्रिय सिरियल निर्माण गरेको उक्त हाउसले नेपाली कलाकारलाई मुख्य भूमिकामा राखेर सिरियल बनाउनुले नेपालीहरुको गौरव बढाएको छ । उक्त सिरियलमा हिन्दी कलाकार लुब्ना सलिन, गुजराति कलाकार केन्नेथ देसाई, मराठी कलकार सुनिल बर्भे, गरिमा जैन, नेहा ठाकुर, अखिलेश खान लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ ।
सन् २०१० मा मिस नेपाल प्रतियोगितामा सेकेण्ड रनरअप भएकी तिम्सीनाले चीनमा आयोजीत मिस इन्टरनेशनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । विविएसको अध्ययन पुरा गरेपछि भारतको बग्लोरमा उच्च अध्ययनको लागि गएकी तिम्सीना आफ्नी दिदि श्लेष्मा तिम्सीनासंगै मुम्वई पुगिन । दिदि फेसन डिजाइनर भएको हुँदा दिदिको साथमा काम गर्दै अभिनय पनि सिक्न थालिन ।

भारतको टप एक्टिङ इन्स्टिच्युट किसोर नमित कपुरकोमा अभिनयको तालिम लिएको थिइन । भारतका चर्चीत कलाकार ऋतिक रोशन, प्रियंका चोपडा, करिना कपुर, सैफ अलि खान, लारा दत्त र रणविर सिंहले पनि सोहि इन्स्टिच्युटबाट तालिम लिएका थिए ।

तालिम पश्चात विभिन्न प्रोडक्सन हाउसमा अडिसन दिएकी तिम्सीनालाई अन्तमा अप्टिमीष्टिक प्रोडक्सन हाउसले छनोट गरी नयाँ बनाउन लागेको टेलिसिरियलमा काम गर्ने अवसर दिएको छ । यो टेलिसिरियलमा उनले परिवारको कान्छी छोरी नायसाको भूमिका र्निवाह गर्दै मरेकी आमालाई हलोग्रामको सहायताले जिउँदो बनाएकी छन् । उनको अभिनयलाई दर्शकले कति रुचाउने छन् त्यो भने टेलिसिरियल हेरे पछि मात्र थाहा हुने छ ।कल्याण  तिम्सीनाको फेसबुकबाट