नेपालको संविधान अपूर्ण : ‘इयु–भारत’

India's Prime Minister Modi is welcomed by European Council President Tusk and European Commission President Juncker at the start of a EU-India Summit in Brusselsभारत र इयुले जारी गरेको वक्तव्यमा नेपालले संविधानमा मिल्न बाँकी मुद्दा समय सीमा तोकेर सम्बोधन गर्न सकोस् भनेर नेपालको संवैधानिक विषयमा समावेसी र दिगो रुपमा सम्बोधन गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ । संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको आशय व्यक्त गरिएपछि नेपालले आपत्ति जनाएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ इयु-भारतको संयुक्त वक्तव्यले नेपाली जनताको भावनामाथि ठेस पुर्याएको छ। साथै आन्तरिक मामिलामा हस्तेक्ष नगर्ने संयुक्त राष्ट्रको वडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लघंन पनि गरेको छ ।’
‘नेपाल सरकार सबैलाई नेपालका जनताको सार्वभौम र लोकतान्त्रिक अधिकारको सम्मान गर्न र अनावश्यक बयान नदिन आग्रह गर्छ,’ मन्त्रालयले भनेको छ । वक्तव्यमा आफ्नो आन्तरिक मामिला आफै समाधान गर्न सक्षम रहेको उल्लेख छ ।

ब्रसेल्समा सम्पन्न भारत–ईयू सम्मलेनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधानलाई अपूर्ण भन्दै समयसीमा भित्र रही संविधानका विवादित विषय मिलाउनु पर्ने उल्लेख गरेपछि नेपाल सरकारले त्यस्तो कूटतीनिक जवाफ गरेको हो ।

नेपालले यसअघि भारत र बेलायतको संयुक्त वक्तव्यको विषयमा समेत यस्तै सन्देश दिएको भए पनि भारतले आफ्नो अन्तराष्ट्रिय अभियान नछोडेकोमा गम्भीर बन्दै भनेको छ, ‘यसबाट नेपाली जनताको भावनामा चोट मात्र पुगेको छैन । अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको मर्म समेत उलंघन भएको छ ।’Nepal-Statement