नेपालका लालबकैया, बागमती र कमला नदीमा तटबन्ध निर्माणको लागि ने.रु. ३८६.२६ मिलियन भारतीय सहयोग

MMS_1282नेपालका लागि भारतका महामहिम राजदूत श्री रणजीत रायले नेपालका लालबकैया, बागमती र कमला नदीमा तटबन्ध निर्माणको लागि भारतले गर्ने योगदान स्वरुप ने.रु. ३८६.२६ मिलियनको चेक नेपाल सरकारका माननीय सिंचाईमन्त्री श्री नारायणप्रकाश सावदलाई हस्तान्तरण गर्नुभयो ।
यो रकम सहित हालसम्म यी नदीहरु मजवुतिकरण र तटवन्ध निर्माण गर्ने कार्यको लागि ने.रु.३६७०.६६ मिलियन सहयोग प्रदान गरिसकिएको छ ,जसमध्ये सन् २०१४ को जुनमा ने.रु. ३६६.७२ मिलियन, २०१३ डिसेम्वरमा ने.रु. ३७४.६८ मिलियन, २०१३ जनवरीमा ने.रु. २५६.९४७ मिलियन, सन् २०१२ जुलाईमा ने.रु. ९७.७१ मिलियन, सन् २०११ अक्टोवरमा ने.रु. ३४५.७३ मिलियन, सन् २०११ को मार्चमा ने.रु. ५४५.३५ मिलियन, सन् २०१० मा ने.रु. ५९९.७८ मिलियन, सन् २००९ मा ने.रु. ५३१.५ मिलियन र सन् २००८ मा ने.रु. १६५.५ मिलियन निकासा गरिएको थियो । MMS_1279a
निकट तथा मित्रवत् छिमेकी देशकोे विकास र समृद्धिमा योगदान पु¥याउनको लागि अन्य प्रमुख नदीहरुमा समेत तटवन्ध सहित नेपालको जलस्रोत क्षेत्रको विकासमा अझै सहयोग गर्न भारत प्रतिबद्ध रहेको छ ।