नेपालका युवा प्रतिनिधिमण्डलको भारत भ्रमण

IMG_3110नेपालका माननीय युवा तथा खेलकुदमन्त्री श्री पुरुषोत्तम पौडेलको नेतृत्वमा ५० सदस्यीय प्रमण्डलले यही ३ देखि १० अप्रिल २०१५मा भारतको भ्रमण गरेको छ । युवा भ्रमणदलले बैंगलोर, माइसोर, दिल्ली, आग्राको भ्रमण गरेको थियो । नेपालका माननीय युवा तथा खेलकुदमन्त्रीले भारतका समकक्षी युवा तथा खेलकुदमन्त्री श्री सर्वानन्द सोनेवालसँग भेटी युवा तथा खेलकुद सम्बन्धि दुईपक्षीय सहकार्यका बारेमा छलफल गर्नुभएको थियो ।
भारतको सांस्कृतिक तथा सामाजिक विविधताबारे जानकारी लिने र नेपाल र भारतका सांस्कृतिक समानता र विविधता जान्ने हेतुले नेपालका माननीय युवा तथा खेलकुदमन्त्री श्री पुरुषोत्तम पौडेलले नेतृत्व गरेको प्रमण्डलले भारतका मुख्य स्थलहरुको भ्रमण गरेको थियो । प्रमण्डलले राजघाट, हस्तकला संग्रहालय, डीएमआरसी संग्रहालय, कनाँट प्लेस, जन्तरमन्तर, इण्डिया गेट, लोटस टेम्पल, ताज महल, माइसोरस्थित टीपू सुल्तानको किल्ला, विप्रो, आईआईएम बैंगलोर, अक्षरधाम मन्दिर र अन्य स्थलहरुको भ्रमण गरेको छ । भारत र नेपालबीच हालैमात्र युवा मामिलामा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस भ्रमणले नेपाल र भारतका जनताबीच सामिप्यता अभिवृद्धि गरी सामाजिक तथा सांस्कृतिक सम्बन्ध अझ घनिभूत गराउन सहयोग पुग्ने आशा गरिएको छ ।