नेता महतोको खाना र बास पनि नाका मै…

rajendrमुलुकै मुख्यनाका रक्सौल वीरगन्जको सिमामा आयोजित धर्ना पाचौ दिन पनि जारी रहेको छ । सयुक्त लोकतान्त्रिक मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी बिहीबार देखि सुरु गरेको धार्ना सोमबार पनि जारी रहेको छ ।
मोर्चाका कार्यकर्ताहरुसंगै नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द महतो उपाध्यक्ष लक्ष्मणलाल कर्ण केन्द्रिय सदस्य नेजामुदिन समानि,संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गदि,पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव,तमलोपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्म झा लगायतका नेताहरु धार्नामा वसिरहेका छन् ।
कार्यकर्ताहरुलाइ हौसयाउन केन्द्रिय अध्यक्ष महतो रातमा पनि धर्नामै बस्ने गरेका छन् । नाकामा धर्ना दिएकाका कारण प्रमुख आयात निर्यात केन्द्र वीरगञ्ज नाका पुर्ण रुपमा ठप्प रहेको छ । आन्दोलनकारीहरु दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा धर्नामा बसेका छन् । मोर्चाका सायौं कार्यकर्ता विहिबार नाकामा भेला भएर धर्ना सुरु गरेका थिए ।

विहिबार सिमाको अवस्था तनावपुर्ण भएपनि शुक्रबार देखि स्थिती समान्य रहेको छ । विहिबार पछि अन्यदिन प्रदर्शनकारी र प्रहरी सयमीत देखिएका छन् । राजविराजको बैठक पछि मोर्चाले वीरगञ्ज, विराटनगर र सुनौली नाकाबाट मालबस्तुको आयात ठप्पपारी सरकारलाई आफ्ना मागमा दबाब दिने रणनीति लिएको हो ।

 

pradip1यता जारी मधेस आन्दोलनको आज ४५ औं दिन बाराही ईन्टरनेट वीरगंज शाखाले एक हजार आन्दोलनकारीलाई दिउँसोको खाजा बितरण गरेको छ ।
ईन्टरनेट शाखाका प्रमुख प्रदिप कुशवाहाको नेतृत्वमा गएको टोलीमा मुकेश कुशवाहा, मेराज आलम, अरुण चौरसिया, सेठी कुशवाहा , कन्हैया कुशवाहा लगायतकाले खाजा बितरण गरेका थिए । मोर्चाका अगुवा नेता एवं कार्यकर्ताहरुले उदाहरणीय एवं उल्लेखनिय काम गरेको हुनाले बधाई एवं शुभकामना दिएका थिए ।

मधेस आन्दोलनमा एक्यवद्धता जनाउदै मधेसको जायज माँग पुरा गर्नको लागि शाखाका प्रमुख कुशवाहाले नेपाल सरकारलाई आग्रह समेत गरेका छन् । वहाँले मधेस आन्दोलनमा सहादत प्राप्त गरेका वीर शहिद प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै गम्भिर घाईते भएकाहरुको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।