नियमित पठनपाठनको ब्यबस्था गर

mbbcकुनै समयमा पठनपाठनका लागी अघिराज्यमै प्रसिद्धि कमाएको राजबिराज स्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस अहिले शैक्षिक बाताबरण गिर्दो अबस्थामा छ ।

नियमितरुपले कक्षा संचालनको ब्यबस्था नभएका कारणले आफूहरुको भबिष्यनै चौपट हुनलागेको त्यहाँ अध्यनरत बिधार्थीहरुले गुनासो गरेका छन् । क्याम्पसमा कार्यरत शिक्षकहरुले महिनौ देखि तलब नपाएको कहिले आन्दोलन चर्काउने छन् । कहिले शिक्षक त कहिले बिधार्थीहरुबाट आन्दोलन भएका कारणले यसको प्रत्यक्ष असर चाहीं पठनपाठनमै परेको छ ।

यस्ता समस्याले शैक्षिक स्तर ओरालो तिर लाग्नु स्वाभिकै हो । शिक्षा क्षेत्रमा बढदो ब्यापारीकरण निजी क्याम्पसको महंंगो शुल्कका कारणले गरीबका छोराछोरी समेत शिक्षामा पहँचका दृष्टीले सरकारी क्याम्पसहरुलाई उपयुक्त मानिएको हो । महेन्द्र बहुमुखी क्याम्पस पनि गरिब देखि धनि सम्मका लागी सहज पहँच भएको शैक्षिक स्थल हो । यस्तो महत्वपूर्ण शैक्षिक संस्थामा स्तरीय र नियमित पठनपाठन भईदिए यसको गरिमा अझै बढने कुरामा शंका मात्रु पर्दैन ।

बिगतमा यसै क्याम्पसमा अध्यन गरि उत्पादन भएको शैक्षिक जनशक्ति बिभित्र जिम्मेबारीमा रहँदै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेका छन् । क्याम्पस प्रसासनले समन्वकारी भुमिका निर्बाह गर्दै आईरहेका शैक्षिक गतिबिधीमा सुधार ल्याउन सके यसको पुराने साख फिर्ता गर्न सकिने सम्भाबना अहिले पनि नरहेको होईन । अधिराज्यका दुर्गम भेगसम्मबाट बिगतमा यसै क्याम्पसमा बिधार्थीहरु आउने गरेका थिए । तर अहिले स्थानिय बिधार्थी मध्ये अधिकांश उच्च शिक्षाका लागी बाहिर जाने गरेका छन् ।

यस्तो हुनको मुलकारण यहाँ बाहिरको तुलनामा पठनपाठनको स्तर नरहेको भत्रे भान पनि उनिहरुलाई परेको हुन सक्छ । त्यसैले यो अबस्थामा सुधार ल्याउनका लागी पठनपाठनको स्तरमा सुधार ल्याउनुको बिकल्प देखित्र ।