नवलपरासीमा ९५ प्रतिशत धान रोपाई

25072015915 नवलपरासी जिल्ला धान खेतिमा अबल दर्जामा पर्दछ । जिल्लाको मधेश र भित्रि मधेशमा धान खेती गरीदै आएको छ ।
यस बर्ष ढिलो र कम बर्षा भए पनि जिल्लामा धान रोप्नेकाम अन्तिम चरणमा पुगेको छ । नवलपरासीमा साउनको पहिलो हप्ता सम्ममा ९५ प्रतिशत धान खेतीको रोपाई सकिएको जिल्ला कृर्षि बिकास कार्यालयका प्रमुख तेजनारायण गैरेले जनाएका छन ।

नवलपरासी जिल्लाका दक्षिणी भाग र धित्रि मधेशको नवलपुर क्षेत्रमा बढि धान खेति गरीदै आएको जिल्ला कृर्षि बिकास कार्यालयले जनाएको छ । कुल क्षत्रफलको ४६ हजार ५ सय ४० हेक्टर जमीनमा धान खेति गरीने गरेको छ ।

नवलपरासी जिल्लामा १ लाख ७९ हजार ८ सय ९१ मेट्रीक टन धान हुने गरेको कार्यालयले जनाएको छ । अकासे पानीको भर पर्न पर्ने र यो बर्ष कम पानी कम परेकाले उतपादनमा कमी आउने बताईएको छ । पानी नपर्दा धान रोपेका खेतहरुमा चीरा पर्न थालेको छ ।