नवजात बालिकाका जिवितै उद्धार

mail.google.comसप्तरीको भारदह गाविस वडा नम्वर–५ स्थित नहर छेउँमा फालिएकी एक नवजात बालिकाको आइतवार जिवितै उद्धार गरिएको छ ।

पल्सर मोटरसाइकलमा आएका दुई महिला पुरुषले खरको झाडीमा ती बालिकालाई फालेर गएको ईलाका प्रहरी कार्यालय भारदहका असई सन्तोष निरौलाले जानकारी दिएका छन् । घाँस काट्न गएकी स्थानीय सोनावती पैकराले ती बालिकाको उद्धार गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । बालिकालाई खरमा फालिएको जीउभरी घाउ हुनुका साथै ठाउँ–ठाउँमा कमिला लागेको पैकराले बताइन् ।

बालिकालाई ठेलिया स्थित धर्मेश्वर अस्पतालमा उपचार पस्चात महिला तथा बालबालिका कार्यालय सप्तरीकी सुपरभाईजर भावना घिमिरेले बुझि लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार ढकालले बताए ।