नकारात्मक समाचार सम्प्रेषण नगर्न मुख्य सचिवको आग्रह, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आग्रह

मुख्य सचिव पाैडेल
मुख्य सचिव पाैडेल
नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले बुधबार एक अपिल प्रकाशित गरी नकारात्मक समाचार सम्प्रेष नगर्न नेपाली संचार माध्यम र संचारकर्मीहरुसँग आग्रह गरेका छन् ।
गत वैशाख १२ गते मुलुकमा आएको विनाशकारी महाभुकम्प पश्चात विषम परिस्थितिको सामना गर्न नेपाल सरकार, सिमित क्षमतामा रहेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारीहरुले उद्धारकार्य, राहत वितरण तथा पुर्नस्थापनाका लागि अह्रोरात्र खटिरहेको कुरा अपिलमा उल्लेख गर्दैै भुकम्प पश्चातको वस्तु स्थिति आंकलन, सामना र व्यवस्थापनका लागि संचारकर्मीले आफ्नो जोखिम उठाएर सरकार र आम नागरिकलाई सुचित गरिरहेकोमा हामी उच्च मूल्यांकन गर्दछौं, उल्लेख छ
SAMSUNGमुख्य सचिव पौडेलद्वारा जारी अपिलमा अगाडी भनिएको छ, ‘कतिपय संचार माध्यमहरुले सुचना सम्प्रेषण गर्दा जिउ ज्यान जोखिम पारेर अह्रोरात्र खट्ने राष्ट्र सेवकलाई हतोत्साही बनाउने वा मनोवल गिराउने गरी लावाञ्छित गरिएका समाचारहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, यस्ता नाराकारात्मक प्रचारले जिउ ज्यान जोखिममा पारेर फिल्डमा कार्यरत सुरक्षाकर्मी र अन्य राष्ट्रसेवकको मनोवल घटाउने र उनीहरुको कार्य क्षमतामा थप ह्रास आउने सम्भावनालाई ध्यान दिई जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न हार्दिक आग्रह गर्दछु ।’
व्यक्ति विशेषका कमी कमजोरी हुन सक्ने कुरा अपिल मार्फत जानकारी गराउँदै मुख्य सचिव पौडेलले हामी त्यस्तालाई लुकाउन नचाहेको र स्वस्थ र वस्तुपरक मुल्यांकन हाम्रो अपेक्षा रहेको साथै हाम्रो क्षमताको तुलनामा कैयौं गुणा ठूलो परिमाणको प्राकृतिक प्रकोपको सामना हामीले गर्नु परेको कारण संचार माध्यम, नागरिक समाज, आम जनसमुदाय र समाजिक संघसंस्थाको सहयोग र सहकार्यको अपरिहार्यता नेपाल सरकारले महशुस गरेको कुरा उल्लेखछ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारले राहत सहयोग सम्बन्धी एक विज्ञप्ती मार्फत सर्वसाधारणलाई विपद्का बेला सहयोग गर्न आग्रह गरेका छन् । मन्त्री परिषदका प्रवक्ता उत्तम कुमार खत्रीले एक विज्ञप्ती प्रकाशित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आम जनसमुदायलाई आग्रह गरेका छन् ।
उक्त कोषमा जम्मा हुने रकमबाट भुकम्पबाट पिडितहरुको उद्धार, उपचार, राहत, पुर्नस्थापना साथै क्षतिग्रस्त भौतिक संचरनाहरुको मर्मत तथा पुर्ननिर्माणमा खर्च गर्ने प्रवक्ता खत्रीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा खोलिएका नेपाल बैंक लिमिटेड काठमाण्डौंको खाता नं. ००२–११–०५३३१३, स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको खाता नं. ०१–०१३२४३८–०१, नेपाल बंगलादेश बैंक लिमिटेडको खाता नं. ०३५१४१ सी., एभरेष्ट बैंक लिमिटेडको खाता नं. ००१०११०२२०००१२ र ००१००१०५२००२७० र ग्लोबल बैंक लिमिटेडको खाता नं. ०४११०१००००००५ रकम जम्मा गरी सहयोग गरी दिन आग्रह गरेको छ ।