द ग्रेट जनकपुर, द बेस्ट जनकपुरको अभियानमा लाग्न सिचाइ मन्त्रीको आग्रह

सिँचाई मन्त्री उमेश कुमार यादव
सिँचाई मन्त्री उमेश कुमार यादव

सिचाइ मन्त्री उमेशकुमार यादवले द ग्रेट जनकपुर बेस्ट जनकपुरको अभियानमा लाग्न जनकपुरवासीलाई आग्रह गर्नु भएको छ।

विशाल जनकपुरलाई बेस्ट जनकपुर बनाउन यहाँका स्थानीय नै लाग्नु पर्ने बताउनु हुँदै उहाँले जनकपुरको नदी नियन्त्रण तथा स्वच्छ हराभरा बनाउन सिचाइ मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । जोखिम युक्त सदरमुकाम बचाउ कार्यक्रम अन्तरर्गत जनकपुरको पुल्चोकस्थित पुरानो जलाद नदीमा तटबन्ध निर्माण कार्यलाई शिल्यानाश गर्दै मन्त्री यादवले जनकपुरका थुप्रै नदी अतिक्रमण भएको छ त्यो अतिक्रमण हटाउन नगरपालिकाले पहल नगरेको गुनासो गर्नु भयो ।

जबसम्म अतिक्रमण हटाउन सकिँदैन तबसम्म द बेस्ट जनकपुर, ग्रेट जनकपुर बन्न सक्दैन भन्नुहुँदैन नगरपालिकाले अतिक्रमण हटाउन पहल गर्नु बताउनु भयो । बिकास निर्माण कार्यमा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिदै मन्त्री यादवले बताउदै सदरमुकाम बचाउ कार्यक्रम जनकपुरबाट नै आरम्भ भएको बताउनु भयो । यो कार्यक्रम जनकपुर, राजविराज, सिरहा र गौरमा सन्चालन हुनेछ ।

नदीको कारण यी सदरमुकाम विशेष जोखिममा रहेको छ । शिल्यानास गरिएको नदी नियन्त्रणका लागि चालु आर्थिक वर्षका लागि एक करोड बजेट छुट्इएको छ । जनकपुर चुरोट कारखानादेखि जलाद नदीसम्मका लागि १ अर्व १० करोड बजेट छुट्याइएको छ