दुई खेलाडीद्वारा नयाँ कीर्तिमान

DSC09326सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा सञ्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा महिलातर्पm २ खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपाल प्रहरीको देवी चौधरीले ५३ केजी तौल समूहमा र नेपाली सेनाकी कमला श्रेष्ठले ५८ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको हो । चौधरीले आफ्नै नामको कीर्तिमान भंग गर्ने व्रmममा स्नायचमा ६० र क्लीन एण्ड जर्कमा ७८ गरी कुल १ सय ३८ कीर्तिमानी तौल उचालेर स्वर्ण पदक हात पारेकी छिन् ।

यसअघि उनकै नाममा स्नायचतर्पm ५८ र क्लीन एण्ड जर्कमा ७७ गरी १ सय ३५ केजी तौल उचालेको कीर्तिमान थियो । सो तौल समूहमा नेपाल प्रहरीकै संगीता राई १ सय ४ केजी उचालेर रजत तथा पश्चिमाञ्चलकी टीकामाया गुरुङले ९२ केजी तौल उचालेर कास्य पदक प्राप्त गरेकी छिन् ।

सोमवारै ५८ केजी तौल समूहमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नायचतर्पm ६६ र क्लीन एण्ड जर्कतर्पm ७९ गरी कुल १ सय ४५ केजी भार उचालेर नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसअघि सो तौल समूहमा १ सय ४० केजीको कीर्तिमान कायम रहेको थियो ।

पुरुषतर्पmको ६९ केजी तौल समूहमा मध्य पश्चिमाञ्चलका प्रकाश केसी २ सय ८१ केजी उचालेर स्वर्ण, नेपाली सेनाका भुज बहादुर सारुले १ सय ९७ केजी उचालेर रजत तथा नेपाल प्रहरीका ओम प्रकाश वैश्यले १ सय ८७ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् ।

पुरुषतर्पmकै ७७ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठ, २ सय ५ केजी उचालेर स्वर्ण, नेपाली सेनाकै राजु चौधरीले १ सय ९५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका सरोज यादवले १ सय ६२ केजी तौल उचालेर कास्य पदक हात पारेको छ ।

पौष १३ गतेसम्म चल्ने प्रतियोगितामा १५ स्वर्णका लागि पाँचै विकास क्षेत्रका र ३ वटा विभागीय टोलीका गरी १ सय २३ जना खेलाडी प्रतिस्पर्धा गरिरहेको जिल्ला भारोत्तोलन संघका अध्यक्ष महेश यादवले जानकारी दिएका छन् ।