दिघवामा भिषण आगलागीमा ५० लाख मुल्य बराबरको क्षति

???????????????????????????????सप्तरीको दिघवा–४ मा सोमवार दिउँसो भएको भिषण आगलागीमा करीव ५० लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानीय सरयुग भगतको घरबाट दिउँसो करिव ३ बजे अचानक सुरुभएको आगो गाउँभरी फैलिएर १५ घर तथा २ थान पशु चौपाया जलेर खरानी भएको हो । आगलागीमा परि सरजुग भगतको १ घरसहित ३ लाख, सुमनारायण शर्माको १ घर, २ खसी सहित ४ लाख, रामनारायण सुतिहारको २ घर सहित ३ लाख, सिताराम सुतिहारको १ घर सहित ३ लाख ५० हजार, अनितादेवि सुतिहारको ३ घरसहित ७ लाख ५० हजार, राम चलितर शर्माको २ घरसहित ८ लाख ५० हजार क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै जगदिश यादवको २ घरसहित ७ लाख, रामदेव शर्माको १ घरसहित २ लाख ५० हजार र राम आषिश शर्र्माको १ घर सहित ३ लाख मुल्य वरावरको क्षती भएको सप्तरीका प्रहरी प्रवक्ता दानवहादुर कार्कीले जानकारी दिए । आगलागी रोक्न र अन्यत्र सल्किन नदिन स्थानीय आशादेवी  यादवको घर भत्काउँदा अन्दाजी १ लाख मुल्य वरावरको क्षती भएको उनले वताए ।
आगालागिका क्रममा अधिकांश घरको लत्ता कपडा, खाद्यान्न, फर्निचर, भाडाकुडा, गहना लगायतका सामाग्री पुर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । बाटो जीर्ण भएका कारण बारुण यन्त्र ढिलो गरी पुगको र बढि क्षति ब्यहोर्नु परेको गाउँलेहरुले गुनासो गरेका छन् ।
राजविराज र लहान नगरपालिकाका २ बारुण यन्त्र, स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा साँझ करिव ६ बजे आगलागि नियन्त्रणमा आएको थियो । तर हालसम्म राहत भने पुगेको छैन ।