दशैको तयारी अन्तिम चरणमा, ५० लाख श्रद्धालु आउने लक्ष्य

???????????????????????????????सप्तरी स्थित प्रसिद्ध छिन्नमस्ता शक्ति पिठले गत आर्थिक वर्ष ०७२-०७३ को आयव्याय सार्वजनिक गरेको छ । आर्थिक मसान्त सकिएको दुई महिना पछि छिन्नमस्ता भगवति संरक्षण सम्बद्र्धन समितिले आयव्याय सार्वजनिक गरेको हो ।
आगामि वर्ष हुने लक्ष्य चण्डी महायज्ञका लागि रथयात्रा लगायतको तयारी र अन्य कार्य व्यस्तताका कारण आय–व्याय सार्वजनिक गर्न दुई महिना ढिलो भएको संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रामनारायण यादवले जानकारी गराए । समितिले आर्थिक वर्ष ०७२-०७३ मा १ करौड १६ लाख ५२ हजार ४ सय ५१ रुपैयाँको आय–व्याय सार्वजनीक गरेका छन् । ती मध्यै १८ लाख ८३ हजार ६८ रुपैयाँ बैंकमा तथा २० हजार नगद मौज्दात रहेको समितिले सार्वजनीक गरेको लेखा प्रतिवेदनमा उल्लेख छ ।
लेखा प्रतिवेदन अनुसार गत वर्ष मन्दिरलाई सवै भन्दा वढि सरकारी अनुदानवाट २६ लाख २४ हजार ८ सय २६ रुपैयाँ आम्दानि भएको छ । त्यस्तै बलि प्रदानवापत १५ लाख ५७ हजार ७ सय ६५, पसल भाडावाट ३ लाख ७९ हजार ४ सय ३०, विवाह मुण्डन ब्रतबन्ध वापत २ लाख ३ हजार ७ सय २६, पण्डित दक्षिणावापत २ लाख २० हजार ६ सय ७७ रुपैया प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
लेखा प्रतिवेदन अनुसार समितिले विभिन्न व्यक्तिहरुलाई विभिन्न कामका निम्ती गत बर्षनै दिएको २ लाख ८२ हजार पेश्की फछ्र्यौट गर्न बाँकि नै रहेको छ भने विभिन्न व्यक्तिहरुवाट १ लाख ४१ हजार ३ सय ७५ रुपैयाँ अनुसल उपर गर्न समेत बाँकि रहेको छ । गत वर्ष करिब ८ भरि सुन र ५२ भरि चाँदि विभिन्न व्यक्तिहरुले मन्दिरमा चढाएकामा ति सवैलाई सुरक्षीत साथ राखिएको समितिका अध्यक्ष रामनारायण यादवले जानकारी गराए ।
यता दशैको तयारीका वारेमा जानकारी गराउँदै अध्यक्ष यादवले सरसफाई, रंगरोगन, प्रचार प्रसार, पत्राचार लगायतका कार्यहरु अन्तिम चरणमा रहेको जानकारी गराए । ‘जिल्ला स्तरीय प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुसँग भेटेर सुरक्षा व्यवस्था सम्बन्धी कुराहरु पनि भएको छ’, यादवले भने, ‘भक्तजनको सुरक्षा देखि लिएर अन्य सुविधा सम्मका लागि हामि तत्पर छौ ।’
गत वर्ष तेश्रो मधेश आन्दोलनका कारण भक्तजनहरुको उपस्थिती अलि कम देखिएपनि यस वर्ष झण्डै ५० लाखको हराहरीमा श्रद्धालुहरु आउन सक्ने सम्भावना रहेको यादवले वताए । करिब १० हजार बरि बलि प्रदान हुने समितिको अनुमान छ ।
नेपाल तथा भारतका हिन्दुधर्माबलम्वीहरु माझ निकै ख्याति प्राप्त रहेको यस मन्दीरमा दशैका वेला निकै चहल पहल रहने गरेको हुन्छ । प्रसिद्धिका कारण अन्य दिनहरुमा पनि यहाँ ठुलो संख्यामा भक्तजनहरु आउने गरेको भएपनि दशैका वेला पूर्व मेचि देखि पश्चिम महाकालि र भारतको सिमावर्ती क्षेत्र एवम् टाढा टाढावाट लाखौको संख्यामा श्रद्धालुहरु आउने गरेको पिठाधिश महाकान्त ठाकुर वताउँछन् ।
विषेशगरी दशैको फुलपाति देखि टिका सम्म दैनिक लाखौको संख्यामा यहाँ श्रद्धालुहरुको आगमन हुने गर्दछन् । गत वर्ष पनि झण्डै ५० लाखको हराहरीमा श्रद्धालुहरु पुजाआजा तथा दर्शनका लागि छिन्नमस्ता मन्दीर पुगेको मन्दीर स्रोतले जनाएको छ ।
झण्डै एक महिना यता दशैको तयारीमा जुटेको समितिले सबै जसो तयारीहरु पुरा भईसकेको जनाएका छन् । लाखौको संख्यामा आउने भक्तजनहरुका लागि खानेपानि, शौचालय, राति विताउनेहरुका लागि उपयुक्त वासस्थन लगायतको तयारी समेत अन्तिम चरणमा रहेको अध्यक्ष यादवले वताए ।