दशैं, तिहार र छठका लागि सप्तरीमा विशेष सुरक्षा योजना १ सय ७८ वटा टोली परिचालित हुने : एस.पी. ढकाल

प्रहरी उपरिक्षक भिमप्रसाद ढकाल।
प्रहरी उपरिक्षक भिमप्रसाद ढकाल।

चाडपर्वमा जिल्लामा कुनै अप्रिय घटना नहोस भनेर सप्तरी प्रहरीले जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको छ । विशेष सुरक्ष योजना घटस्थापनाका दिन शनिवारदेखि लागु हुने शुक्रवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले जानकारी दिएका छन् ।

पर्वका समयमा अपराधिक घटना हुन नदिन सदरमुकाम राजविराजका साथै प्रमुख वजारहरुमा प्रहरीले निगरानी वढाउन लागेको हो । पर्व नजिकिएसँगै वजार मन्दिरहरुमा सर्वसाधारणको भीड पनि वढदै गएको छ । प्रहरी उपरिक्षक ढकालले जिल्लाको अपराध तथ्यांक र प्रकृति हेरेर सुरक्षा योजना वनाएको जानकारी दिदै योजना अन्तर्गत जिल्लाभर १ सय ७१ वटा टोली वनाईएको वताए ।

टोलीमा कुल ७ सय ४५ जना सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए । उनले चाडपर्वमा विदाको समयमा सरकारी कार्यालय तथा घर वन्द गरेर िअन्यत्र जानेको घर सुरक्षाका लागि पनि विशेष सुरक्षा नीति वनाईएको वताए । मुख्य नाका तथा राजमार्गहरुमा सवारी चेकिङ्गलाई तिव्रता दिईनुका साथै मन्दिर, वसपार्क, स्ट्याण्डहरुमा नागरिक सहायता कक्षको पनि ब्यवस्था गरिएको छ ।

विशेष गरी चाडपर्वको समयमा मादक पदार्थ सेवन, जुवातास, चन्दा आतंक र मन्दिर आसपासमा लाग्ने मेलामा वढि ध्यान केन्द्रित र निगरानी गर्ने प्रहरीको योजना छ । यस्ता स्थानहरुमा सादा पोसाकमा पनि प्रहरी परिचालित हुने प्रहरी उपरिक्षक ढकाललको भनाई छ ।

सुरक्षा योजना अन्तर्गत पैदल गस्ति, गाडि मोवायल, पिकेट, राजमार्ग चेकिङ्ग र गस्ति, सादा पोसाक, मापसे र जुवा नियन्त्रण टोली, विशेष चेकिङ्ग, सचेतनामुलक पर्चा वितरण टोली र ड्यूटि अनुगमन टोली गरी कुल १ सय ७१ वटा टोली परिचालन गरिने जानकारी ढकालले जानकारी दिए । यस्तै छठ पर्वलाई लक्षित गरी सदरमुकाम लगायत जिल्ला भरीका प्रमुख जलासयहरुमा लाग्ने छठ मेलाको लागि छुट्टै ५७५ जना प्रहरी परिचालन गर्ने उनले वताए ।