दशगज्जामा नेपाल-भारतका स्थानियहरु विच झडप,दर्जन घाइते, तनाव कायमै

तिलाठी (सप्तरी) – सीमावर्ती गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर आज दिनभरी दोहोरो झडप भएको छ ।

भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउने क्रममा जारी राखेपछि भारत र नेपाल पक्षका बासिन्दा बीच दोहोरो झडप जारी रहेको हो । उक्त क्षेत्रमा बाँध निर्माण हुन थालेपछि सिमावर्ती क्षेत्रका आधा दर्जन गाविस डुबानमा पर्ने खतरा बढेको हो । गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविसहरु डुबानका परेको थियो । अत्यधिक पानी थुनिएपछि बाँध भत्किएको थियो ।  सप्तरीको तिलाठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत विच रहेको दशगज्जा क्षेत्रमा दुवै तिरका स्थानियहरु विच झडप भएको छ।
???????????????????????????????
घण्टौ सम्म चलेको झडपका क्रममा नेपाल तर्फका आधा दर्जन स्थानियहरु घाईते भएका छन्। बाँध निर्माण कार्य रोक्न खोजेपछि सयौ भारतीयहरु दशजग्गा नेपालीहरुलाई कुटपिट गरेका थिए।

प्रतिउत्तरमा नेपाली स्थानियहरुले समेत बाँसको भाटा तथा ढुगंमुढा गर्दै भारतीयहरुको प्रतिवाद गरेका थिए। झडपका वेला दुवै तिरका स्थानिय प्रशासनको घटना स्थलमै उपस्थिती रहेकेा थियो। नेपाल तर्फ सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्वमा प्रहरी प्रमुख एसपी भिम ढकाल, नेपाली सेनाका कर्णेल भुवनेश्वर आचार्य सहितको टोली घटना स्थलमा रहेको थियो भने भारत तर्फ पनि विहार पुसिलका पदाधिकारी तथा जलसंसाधन विभागका अधिकारीहरुको समेत उपस्थिती रहेको थियो।

झडपका क्रममा भारतीयहरुको कुटाईवाट घाईते भएका तिलाठी–४ का देवनारायण यादवको अवस्था गम्भीर रहेको छ। उनको टाउँको तथा शरिरका अन्यभागमा गम्भीर चोटपटक रहेको सगरमाथा अञ्चल अस्पताल स्रोतले जनाएको छ। उनी भारतीय बाँधको विरोध गर्ने अगुवा मध्यैकै एक हुन्। यसका अतिरीक्त तिलाठी–६ का रौशन झा र तिलाठी–१ का हर्षबर्द्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका छन् ।  समेत घाईते भई अस्पतालमा भर्ना भएका छन्। दुवै जनाको टाउँकोमा चोट रहेको चिकित्सकले जनाएको छ।

???????????????????????????????घटना स्थलमा रहेका बोर्डर आउट पोष्ट तिलाठीका प्रहरीका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले सयौ भारतीयरु एकै साथ बाँसको भाटा तथा ढुंगामुढा गर्दै नेपाल प्रवेश गरी बाँध निर्माण कार्यलाई निरन्तरता दिईरहेको जानकारी गराए। यता नेपालको तर्फवाट समेत स्थानियहरुले ढुंगामुढा जारी राखेको उनको भनाई छ।

किन भयो झडप?

सप्तरीको तिलाठी हुँदै दशगज्जा भई भारत तर्फ वग्ने गरेको खाँडो खोलाको प्राकृतिक बहाबलाई परिवर्तीत गर्ने गरी भारतीयहरुले अन्तरराष्ट्रिय नियम कानुन र मान्यता मिच्दै एकतर्फि रुपमा बाँध निर्माण गर्न थालेका कारण उक्त क्षेत्रमा बर्षौदेखि विवाद रहि आएको छ।

तिलाठीका बयोबृद्ध एवम् नेपाली काँग्रेसका बुथ कमिटी सभापति रत्नेश्वर झाका अनुसार बर्षौ देखि भारतीयहरुले उक्त क्षेत्रमा दशगज्जा मिचेर बाँध बनाई नदीको प्राकृतिक बहाब थुन्ने काम गरेका छन्। सोहि बाँधको झण्डै २ सय मिटर भाग गत शनिवार आएको बाढीले कटान गरेपछि भारतीयहरुले पुनः बनाउन खोज्दै विवाद भएको झाको भनाई छ।

‘भारतीयहरुको बाँधका कारण खाँडो नदीको बहाव परिवर्तित भई झण्डै ५ किलोमिटर जति मुहाननै पुरिएको छ’, उनले भने, ‘उक्त मुहान खोल्दै नदीको निकास दक्षिण तर्फ नभए सम्म आफुहरु भत्केको ठाँमा बाँध बनाउन दिन्नौ भनि स्थानिय प्रशासन लगायत भारतीय पक्षलाई आग्रह गरेका थियौ।’ पछिल्लो सोमवार मात्रै सप्तरीका स्थानिय प्रशासन र सुपौलका स्थानिय प्रशासन विच खाँडो नदीको बहाव नखोले सम्म उक्त विवादित बाँध नबाउन सहमति समेत भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए।

‘उनीहरुले हामिसँग गरेको सहमति अनुरुप काम गरेको भए यस्तो अवस्था आउने थिएन’, प्रजिअ गौतमेले भने, ‘अलिकति समन्वयको अभाव र उतावाट हतारमा भएको कामका कारण यस्तो दुखद घटना हुन पुगेको हो।’

भारतीयहरु शनिवार देखिनै उक्त बाँध बनाउन क्रियाशिल भएका थिए। यद्यपी सप्तरी प्रशासनको प्रतिवादका कारण उक्त काम रोकिए थिए। यता बुधवार साँझ देखि एक्कासी उनीहरु बाँध निर्माणमा सक्रिय भएपछि दशगज्जा क्षेत्रमा विस्तारै तनाव बढदै गएको तिलाठीका निवर्तमान गाविस अध्यक्ष दिनेश्वर मिश्रले जानकारी गराए।

नदीलाई निकासनै नदिई भारतीयहरुले बनाउन लागेको उक्त बाँधका कारण जिल्लाको दक्षिणी भेगको तिलाठी, रम्पुरा मल्हनियाँ, सकरपुरा, कोइलाडी, लौनियाँ, को बर्साईन लगायतका गाउँहरु डुवानमा पर्ने प्रायः निश्चित रहेको प्रकोप प्रभावित जिल्ला सञ्जालका अध्यक्ष समेत रहेको तिलाठी–४ का देवनारायण यादवको भनाई छ।

‘बिबाद पुरानै हो’

कुनौली वोर्डर स्थित कोशीको पश्चिमी तटवन्ध देखि सप्तरीको तिलाठी गाविस स्थित खाँडो नदि सम्मको झण्डै तीन किलो मिटर भु–भागमा भारतीयहरुले सन १९७४ देखि नै निर्मण गर्न थालेको स्थानियहरुको भनाई रहेको छ। त्यती वेला उनीहरुकै वाँधका कारण उत्तर दक्षिण भएर नेपाल वाट भारत तर्फ वग्ने तिन वटा नदिहरु खाँडो, महुली र जिता नदि आफ्नो प्राकृतीक वहाव परिवर्तन गरी पुर्व पश्चिम हुँदै पुर्ण रुपमा नेपाल तर्फ वाग्न लागेको उनीहरु वताउँछन्।

त्यती वेला देखि नै नेपाल तर्फका भु–भाग प्रत्येक वर्ष वर्षा याममा डुवानमा पर्ने गरेको छ। स्थानिय वुढापाकाहरुका अनुसार पहिला–पहिला नेपाल तर्फ वाढिको जोखिम वढन थालेपछि यस क्षेत्रका अञ्चलाधिश, प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक अधिकृतहरुको सक्रियतामा नेपालीहरु रातारात भारत पसेर वाँध काटने गर्दथे, यस प्रकरणमा कयौ पटक दुवै तर्फका स्थानियहरु विच वाझावाझ समेत भएको उनीहरु वताउँछन्। तर पछि भारतीय पक्षले वाँधको सुरक्षाका लागि विहार पुलीसको सशस्त्र गस्ति तथा हाल एसएसवीको कडा गस्ति रहने गरेकाले त्यस्तो गर्न नसकिए पछि नेपाली भु–भाग डुवानमा पर्नुको विकल्प नरहेको गाउँलेहरु वताउँछन्।

भारतीय पक्षबाट घाइते हर्षवद्र्धन कर्ण र दुर्गानन्द झा
भारतीय पक्षबाट घाइते हर्षवद्र्धन कर्ण र दुर्गानन्द झा

अहिले त भारतीयहरुले उक्त वाँधलाई झन भिव वाँधको रुपमा विकसीत गरीसकेका छन्। वाँधको माथि कालो पात्रे सडक र दुवै छेउमा वृक्षा रोपण गरी उनीहरुलाई उक्त वाँधलाई झन मजवुत पार्दै आएका छन्। कतिपय नेपाली जानकारहरुले त उक्त वाँध भारतीयहरुले दशगज्जामै निर्माण गरेको भन्दै यस प्रति सरकारलाई अविलम्व कदम चाल्नु पर्ने समेत वताउँदै आएका छन्।

यसका अतिरीक्त भारतीयहरु वाँध निर्माण गरी सके पश्चात पानि निकासको एउटा ठुलो माध्यम कुनौली वोर्डर स्थित पुर्वि कोसी तटवन्धमा रहेको फलामे सुलीस गेट थियो। पानीको वहाव वढन थालेपछि सुलिस गेट खोली पानिलाई निकास दिने गरेका कारण समेत केहि मात्रामा भएपनि वाढीको चाप कम गरिन्थ्यो। तर पछिल्लो केहि वर्ष यता कोसी नदिको वहाव पुर्व तर्फ गएपछि वाँध छेउमा भारतीयहरुले खेती गर्न लागेको र यसरी सुलीस गेटमा पानि निकास दिँदा आफुहरुको वालि नष्ट हुने भन्दै उनीहरुले उक्त सुलिस गेटलाई समेत वन्द गरेपछि झन पानिको चाप वढन थालेको छ। यसरी दक्षिणी र पुर्व दुवै तर्फवाट पानिको वहावलाई भारतीय पक्षद्वारा नियन्त्रीत गरीएपछि सप्तरीको दक्षिणी भेगका यी गाविसहरुका हाजारौ सर्वसाधारण वर्षैनी दुई तिन महिना जति यसरी नै कष्टकर जिवन विताउँ वाध्य हुने गर्दछन्।

तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव
तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव

 तर वर्षौ देखि सप्तरी वासिले यस्तो समस्या भोग्दै आएको भएपनि यहाँका स्थानिय प्रशासन र राज्य पक्ष भने मौन वसेको छ। यस वाँधका सम्वन्धमा त्यती वेला देखिनै विभिन्न राजनीतिक सम्वद्ध व्यक्ति तथा भातृ संगठनहरु, विभिन्न संघ संस्थाहरु तथा त्यस क्षेत्रका वासिन्दाहरुले विरोध गर्दै आएको भएपनि नेपाल सरकारले उच्च स्तरीय तवरले हाल सम्म कुनै पनि पहल भने गरेको स्थानियहरुको गुनासो छ।