दलित समुदायको अनौठो संस्कृति

उम्लदै गरेको खीरमा हात डुबाएर छर्कदै पुजारी शिवकुमार पासवान ।
उम्लदै गरेको खीरमा हात डुबाएर छर्कदै पुजारी शिवकुमार पासवान ।

सन्तान प्राप्ती तथा दिर्घरोग निको हुने विश्वासका साथ सप्तरीको रायपुर गाविस–८ मा शुक्रबार भव्यतापूर्वक राहु पूजा सम्पन्न भएको छ । जिल्लाका विभिन्नबाट पुगेका आएका नरनारीले राहु पूजामा सहभागीता जनाएका छन् ।

 

सप्तरीको रायपुरमा शुक्रबार आयोजित राहु पूजामा बाँसमा बाधेको तरवारमा टेकेर उभिएका पुजारी शिवकुमार पासवान (माथि) ।
सप्तरीको रायपुरमा शुक्रबार आयोजित राहु पूजामा बाँसमा बाधेको तरवारमा टेकेर उभिएका पुजारी शिवकुमार पासवान (माथि) ।

पूजा जसले गराएपनि पुजारी भने दुसाध (पासवान) जातकै हुनुपर्ने परम्परा रहेका कारण यस पटक हरीपुर गाविसका शिवकुमार पासवानले पुजारीको जिम्मेवारी सम्हालेका छन् । पूजास्थलामा पकाइएको उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने, बाँसमा बाधेको तरवारको धारमा टेकेर उभिने, बल्दै गरेको आगोमा हिड्ने र भेडालाई दाँतले चेपेर घुमाउने पूजाका विशेष आकर्षण हुन् । यी चारवटै काम यस पटकको पूजामा पुजारी शिवकुमार पासवानले गरेका छन् ।sanskriti5-2
पूजाकालागि जुनसुकै जातका मानिसपनि सहभागी हुन सक्ने भन्दै स्थानीय समाजसेवी भोलाकुमार पासवानले यो पूजा श्रीपञ्चमीको आसपासमै हुने गरेको जानकारी दिएका छन् । उनका अनुसार राहु पूजाको चलन निकै पुरानो रहेको छ ।sansakriti-1