दलित बस्तीमा नायिका डोली

???????????????????????????????मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारले सप्तरीको दिघवा गाविसका बाढी पीडित दलित बालबालिकालाई विहीवार लुगा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

गत साउन ८ र ९ गते खाँडो खोलामा आएको भीषण बाढीले विस्थापित भएका मुसहर बस्तीमा नायिका सरकारले राहत वितरण गरेकी हुन् । दलित बालबालिकाहरु शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले बालबालिकालाई भेष्ट, फ्रक, कुर्ता–सुरुवाल, कापी, कलम, पेन्सिल, कटर, ईरेजर, चाउचाउ र बिस्कुट वितरण गरेकी छन् ।

न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादवको समन्वयमा २ सय ५० जना दलित बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।

विभिन्न देशमा कार्यरत नेपाली कामदारहरुले पठाएको रकम तथा आफूहरुले संकलन गरेको रकमबाट राहत सामग्रीहरु खरिद गरी वितरण गरिएको नायिका सरकाले बताईन् ।

स्थानीयवासिन्दा बुद्धिजिवी एवम् युवाहरुको समन्वयमा आयोजित राहत वितरण कार्यक्रममा पूर्व सभासद् असर्फी सदा, दिघवा गाविसका निवर्तमान अध्यक्ष भूपेन्द्र यादव, अवकाशप्राप्त शिक्षक जगदीश हजरा यादव, राजकुमार मण्डल समेतले विशेष सहयोग गरेका छन् । खाँडो नदीमा आएको बाढीका कारण दिघवाको मुसहर बस्तीका वासिन्दाहरु केही समयकालागि बिस्थापित भएका थिए । बाढी पीडित बालबालिकालाई लक्षित गरी राहत वितरण गरिएपछि दलित बालबालिका उत्साहित भएका छन् ।