थुनामा सिके राउतले भने – “मेरो आन्दोलन अहिसांत्मक हो

ck Photoरंगभेद र भेदभावको अन्त्यका लाथि जागिर छाडेर अमेरिकाबाट नेपाल फर्किएका सप्तरीको महदेवा निवासी मधेसी यूवा नेता सि.कें राउतलाई मोरङ प्रहरीले शनिवार साँझ रंगेलीबाट पक्राउ गरेको छ ।
नेपालको टि.यु., जापानको टोकियो, बेलायतको क्यामब्रिज र अमेरिकाको हावर्ड यूनिवर्सिटीवाट विद्यावारिधी गरिसकेका राउत छुटै तराई देशको लागि सन् २०११ देखि  क्रियाशील रहेका छन् ।
पुर्व घोषित कार्यक्रम अनुसार झापाको प्रोग्राम सकेर शनिवार रंगेलीमा तराईका मूलवासी संथाल समुदायले आयोजना गरेको खुल्ला आम सभालाई सम्बोधन गरि राजविराज फर्कने क्रममा प्रहरीले उनलाई सभा स्थल देखि ३०० मिटरको दुरिबाट माथिको आदेश भन्दै नियन्त्रणमा लिएको हो ।
राउतलाई पुर्वाञ्चलका प्रहरी प्रमुख डिआइजि नवराज सिलवालको निर्देशनमा पक्राउ गरेको छ । उनलाई मोरङको एक गोप्य स्थानमा राखिएको छ । राउतको निगरानिका लागि प्रहरी निरिक्षक ओम खनाल र प्रहरी नायव निरिक्षक महाविर यादवको संयुक्त नेतृत्वमा कडा सुरक्षा घेराविच राखिएको छ ।
राउतलाई मन्त्रिपरिषदको निर्णयबाट पक्राउ गर्न आदेश भएपछि गृहमन्त्रि बामदेव गौतमले आइजिपि उपेन्द्रकान्त अर्याललाई राउतलाई पक्राउ गर्न तत्काल निर्देशन दिएको स्रोतले सप्तरी जागरण अनलाइनलाई बताए ।
राउत माथि राष्ट्रिय अखण्डता माथिनै आच आउने क्रियाकलाप गर्दै हिडीरहेको आरोपमा प्रहरीले विद्रोहि भन्दै मुद्धा चलाउने तयारी गरिरहेको छ । आइतबार जिल्ला प्रशाशन कार्यालय मोरङका प्रजिअ गणेश कार्कीले प्रहरीलाई अनुशन्धाको लागि ६ दिनको म्याद दिएको छ कडा सुरक्षा घेरा विच थुनामा राउतले अनलाइन सित संक्षिप्त कुरा गर्दै भने –“ मेरो अहिसांत्मक आन्दोलन हो केहि संचार माध्यमले झुठो समाचार सम्पे्रशण गरेर मेरो चरित्र हत्या गर्ने प्रयास गरेको छ । म गौतम बुद्ध, महात्मा गान्धि र नेल्शन मण्डेलालाई साछि राखेर आन्दोलन सुरु गरेको छु । मेरो माग छुट्टै तराई देशनै हो, तराई माथि शासण गर्ने अधिकार नेपाली शासक वर्गकोे छैन । ”
काठमाण्डौमा सेप्टेम्बर १६ देखि हुन गइरहेको नेपाल – भारतको सांसदहरुको महासेतु संगम कार्यक्रममा जानबाट बञ्चित गर्न राज्यले मलाई पक्राउ गरेको बताउदै राउतले कार्यक्रमको सफलताको शुभकामना सन्देश थुनाबाटै पुर्याइदिन आग्रह समेत गरेको छ ।
राउतको भाषण सुन्नका लागि संथाल समुहको आमसभामा झापा र मोरङका ८ हजार भन्दा वढि सर्बसाधारणको उपस्तिथि रहेको थियो ।

डीआइजी नवराज सिलवाल
डीआइजी नवराज सिलवाल

पुर्वाञ्चलका प्रहरी प्रमुख सिलवालले राउतले नेपालको अन्तिरिम संविधान र प्रदत एन कानुनको विपरित काम गरेको र सर्वसाधारणमा मूलुक प्रतिनै घृणा उत्पन्न गर्ने लगायतका कार्यहरु गरेकोले पक्राउ गरेको अनलाइनलाई बताउनु भयो । उहाले भन्नुभयो –“हमीले राउतलाई राजनितिक व्यक्तिलाई गर्ने व्यवाहर गरेका छौ राज्यलाई र देशलाई चाहिने अतिनै महत्वपूर्ण व्यक्ति राउत हो तर उहा कसरी विखण्डनबादी भए ?”
उत्तर देखि दक्षिण तर्फ फर्केको थुनुवा कोठामा राउत सित भेट गर्न पुगेका अनलाईन सम्पादक बैद्यनाथ यादव सित राउतले आफ्नो लडाइ नरोकिने वताए मेची देखि महाकाली सम्मको तराइका २४ वटा जिल्लामा यस अघिनै राउतले संगठन विस्तार गरिसकेका छन् । अमेरिकामा दर्ता रहेको गैर आवासीय मधेशी संघका संस्थापक अध्यक्ष समेत रहेका राउत सामाजिक रुपान्तरनका  लागि इजोत नामक संस्थाको समेत अध्यक्ष रहेको छ ।
मधेश बारे दर्जन वढि पुस्तक लेखिसकेका राउत अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जय कृषण गोइतको बाटो अवलम्बन गर्ने पहिलो मधेशी युवा हुन् । उनले मधेश स्वतन्त्रता गठबन्धमा तराई मधेशको ३५ वर्ष मुनिका १० हजार भन्दा वढि युवा युवतिलाई प्रशिक्षण दिएका छन ।
राउतको रिहाइको माग गर्दै सप्तरी, मोरङ, झापा, सुन्सरी, बर्दिया र कैलाली लगायतका जिल्लाहरुमा आज सरकार विरोधी प्रर्दशन भएका छन । उनलाई हालै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बोलाएर संविधान बारे सुझाव लिएका थिए ।