तीस दलीय मोर्चाको निर्णायक आन्दोलन अहिंसात्मक हुने : ठाकुर

तराई मधेश लोकतान्त्रीक पार्टी सप्तरीले शनिवार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर (बीचमा), महामन्त्री सर्वेन्द्रनाथ सुक्ला र केन्द्रिय सदस्य तथा युवा नेता जय प्रकाश ठाकुर ।
तराई मधेश लोकतान्त्रीक पार्टी सप्तरीले शनिवार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर (बीचमा), महामन्त्री सर्वेन्द्रनाथ सुक्ला र केन्द्रिय सदस्य तथा युवा नेता जय प्रकाश ठाकुर ।
तराई मधेश लोकतान्त्रीत पार्टीका अध्यक्ष महन्थ ठाकुरले आईतवारदेखि सुरु हुने ३० दलिय मोर्चाको निर्णायक आन्दोलन अहिंसात्मक हुने वताउँदै सरकार दमनमा उत्रिए आन्दोलनको स्वरुप पनि त्यसै अनुरुप परिवर्तन हुन सक्ने वताएका छन् । सनिवार विहान राजविराजमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो कुरा वताएका हुन् ।
आईतवार देशभर प्रदर्शन हुने लाठि जुलुसलाई हिंसात्मक भन्न नमिल्ने जिकिर गर्दै अध्यक्ष ठाकुरले मानिसहरु ससुराली जाँदा पनि लाठि लिएर जाने हुँदा त्यसलाई हिंसात्मक भन्न नमिल्ने वताए । ‘लाठि मानिसको जनजिवनसँग सम्वन्धित छ’ उनले भने–‘तराईमा त धोती गम्छा र लाठिको संयोजन नै पहिचान हो ।’ अन्तरीम संविधानमा स्वायत्त मधेश प्रदेशको ग्यारेण्टि भएकोले त्यसैको निरन्तरता अव वन्ने संविधानमा पनि हुनु पर्नेमा जोड दिंदै नेता ठाकुरले सत्ताधारी मध्येका नेकपा एमाले अहिले त्यसको विपक्षमा लागेर षडयन्त्र गरिरहेका आरोप लगाए । उनले भने–‘अन्तरीम संविधानमा सुत्रवद्ध भएका कुराप्रति कांग्रेस नजिक–नजिक भएपनि एमालेले आफनो दावी नछोड्दा कुरा मिल्न सकेको छैन ।’
मधेशी लगायत उत्पीडित र उपेक्षितको हक अधिकार सुनिश्चित हुने संघियता नभए आन्दोलन जारी नै रहने भन्दै अध्यक्ष ठाकुरले वार्ता र आन्दोलन संगसंगै अघि वढ्ने समेत वताए । सोहि पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले सत्ताधारी दल ९ वुँदे प्रश्ताववाट टसमस नभएकै कारण आन्दोलनमा उत्रनुपर्ने वाध्यता रहेको स्पष्ट पारे । उनले सहमतिवाट संविधान निर्माणका लागि दवावका लागि नै आन्दोलनमा जानु परेको भन्दै अन्तरीम संविधानमा सुत्रवद्ध भएका कुरालाई लेखिनु नै सत्ताधारीसितको मिलन विन्दु रहेको वताए । नेता शुक्लाले अहिले पनि अनौपचारीक रुपमा दलहरुका विच कुराकानी चलिरहेको भन्दै आफुहरुको माँग प्रति कुरा मिल्नासाथ आन्दोलन रोकीने संचारकर्मीहरुलाई जानकारी दिए । ‘अनौपचारीक रुपमा विभिन्न दलहरुसँग विभिन्न कोणवाट वार्ता भईरहेको छ’ उनले भने–‘आन्दोलन एउटा वेहोस भएपछि मात्र अर्कोले जित्ने कुस्ति होईन, कुरा मिल्नासाथ रोकिन सक्छ ।’
एकिकृत माओवादीले जातिय राज्यको कुरा उठाएपनि तपाईहरुले उसैसित गठवन्धन गर्नुको कारण के हो ? भनि सोधिएको प्रश्नमा शुक्लाले ‘माओवादीले मधेशको मुद्दा समेतलाई साथ लिएर आन्दोलनमा उत्रन सहमत भएको कारणनै यस्तो गठवन्धन भएको स्पष्ट पारे ।