तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने

national flag सरकारले शनिबारको विनाशकारी भूकम्पका कारण ज्याउन गुमाउने मानिसहरुको शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ मन्त्रिपरिद्को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।उनले भने, “भूकम्पका कारण भएको धनजनको क्षतिको शोकमा सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने छ।”शनिबार दिउँसो गएको महाभूकम्पका अहिलेसम्म मृत्यु हुने मानिसहरुको संख्या ४ हजार ३ सय ५४ पुगेको छ र घाइते हुनेहरुको संख्या ८ हजार ६५ पुगेको छ।

बढी प्रभावित क्षेत्रहरुमा अब विशेष रुपमा ध्यान केन्द्रित गरिने
बढी प्रभावित क्षेत्रहरुमा अब विशेष रुपमा ध्यान केन्द्रित गरिने
मंगलबार विहानैदेखि पुनः राहत तथा उद्धार कार्यमा तीव्रता दिइएको अधिकारीहरुले बताएका छन्।ढकालले बढी प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र गोरखामा राहत तथा उद्धार कार्यलाई विशेष रुपमा केन्द्रित गरिने बताए।उनले अन्तर्राष्ट्रिय राहत तथा उद्धार टोलीहरु नेपाल आउने क्रम जारी रहेको र आइसकेका टोलीहरुलाई नेपाली सेनासँगको समन्वयमा भग्नावशेष खन्ने लगायतका काममा खटाइएको जनाए।सरकारले राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नसकेको भन्दै कतिपयले आलोचना गरिरहेका बेला सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ‘मंगलबारदेखि अझ मेहनत गरेर उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाइने’सप्तरी जागरण ऑनलाइनलाई बताए।