तमलोपा महामंत्री सोनल र सिहं जेल चलान

तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्रि जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नवल किशोर सिंह ।
तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्रि जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नवल किशोर सिंह ।

तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्रि जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नवल किशोर सिंहलाइ आज जेल चालान गरेको छ । आन्दोलनमा सार्वजनिक सवारी साधनमा आगजनी गरेको आरोपमा पक्राउ परेका सोनल र सिंह विरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्धा दर्ता गराएकोमा आइतबार  दिउसो बीरगन्ज कारागार चलान गरिएको छ।

महामन्त्रि सोनल र अध्यक्ष सिहं माथि लगाइएको सार्वजनिक अपराध मुदामा जिल्ला प्रशासनल कार्यलयले तोकेको धरौटी नतिरे पछि उनलाइ कारागार चलान गरिएको हो । मुदामा बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले १ लाख ४९ हजार ३७५ रुपैया धरौटी राख्न आदेश गरेको थिए ।

आफहरु शान्तिपुर्ण आन्दोलन गरेपनि प्रहरीले आफहरु माथि तोडफोड र आगजनी मुदा दर्ता गरेको भन्दै धरौटी तिर्न उनीहरुले अस्वीकार गरेपछि कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

बाराको लिपनीमाल ९ चैनपुर मेनरोड अवस्थित आत्मा बाक्राको सौरभ ईन्टरप्राईजेजमा पार्कि गरी राखिएको ट्रकमा तोडफोड तथा आगजनि गरेको आरोपमा प्रहरीले २९ गते दुवै जनालाइ पक्राउ गरेको थियो ।