डा.चौधरी अपहरणमा हाम्रो सलग्नता छैन् : गोइत

विजय पासवान ।
विजय पासवान ।

अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जय कृष्ण गोइतले सिरहामा अपहरणको आरोपमा प्रकाउ परेका पासवान हाम्रो कार्यकर्ता नभएको जनाएको छ ।

सिरहाको लहानवाट विजय पासवानलाइ माघ १० गते प्रहरीले पक्राउ गरि अपहरण तथा शरीर बन्धक उधोग मुद्दा अन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ । लहान नगरपालिका वडा नं ३ स्थित सप्तऋषि अस्पतालका संचालक डा. पशुपति चौधरीसंग चन्दा र अपहरणको सन्दर्भमा प्रहरीद्वारा सार्वजनिक गरिएको विजय पासवान हाम्रो अखिल तराई मुक्ति मोर्चाको सदस्य नभएको गोइतद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाम्रो मातृभूमि तराई मधेशको मुक्ति अन्दोलनलाई बदनाम गराउने उद्देश्यले प्रहरीको यो प्रायोजित षडयन्त्र हो भन्दै प्रहरीको मधेशी माथि अत्याचार यसरी जारी नै रहे भन्ने सप्तरीको बनैनियाँ भन्दा पनि उच्च स्तरको कार्वाही सिरहा प्रहरी माथि गरिने गोइतले जारी गरिएको विज्ञपतीमा उल्लेख छ ।  मोर्चालाइ बदनाम गराउन प्रहरीले सर्वसाधारणलाई जर्वजस्ती विभिन्न मुद्दामा फसाउने कार्य गरिरहेको तर्फ हाम्रो गम्भीर ध्यानआर्कषण भएको बताइएको छ ।