ट्याङकर केरुङ जादै…

tankarविगत केहिदिन देखी तयारी अवस्थामा रहेका पेट्रोलीय पदार्थ बाक्ने १२ ट्याङकर आज विहान केरुङतर्फ प्रस्थान गरेका छन ।उत्तर तर्फको छिमेकि मुलुक चिनले उपलब्द गराउने तेल लिन थानकोट डिपो बाट ट्याङरहरु हिडेको थानकोट डिपोले जानकारी दिएको छ ।

आज बिहान निगमको थानकोटस्थित भण्डारण केन्द्रबाट १२ हजार लिटर पेट्रोल बोक्न सक्ने १२ वटै गाडी तिब्बततर्फ लागेका हुन्।नेपाल आयल निगमका निमित्त निर्देशक दीपक बराल र चिनिया पक्षसमेत पेट्रोलियम पदार्थ ल्याउनका लागि हिडेका छन्।

भारतीय आयल निगमसँगमात्रै इन्धन लिँदै आएको नेपाल आयल निगमले पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनबाट सडकमार्ग हुँदै तेल भित्र्याउँदैछ। नाकाबन्दीका कारण भारतले निगमलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि नेपालले पहिलोपटक इन्धन आपूर्तिका चीनबाट गर्नका लागि पहल गरेको हो। आज निगमका पदाधिकारीहरुले इन्धन बोक्ने ट्याङ्करको पुजापाठ गरी, चालकहरुलाई फूलमालासहित इन्धन ल्याउन विदाई गरेको छ। वाग्मती अञ्चलमा चल्ने ट्याङ्करहरु तिब्बतका लागि हिँडेका हुन्।