जिम्बाब्बेका राष्ट्रपतिद्धारा सत्तामा रहिरहने घोषणा

178704-jimजिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने बताएका छन् । देशको नाममा टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आपैंले आगामी महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने तथा त्यसको नेतृत्व गर्ने बताएका हुन् ।
सम्बोधनको क्रममा उनले राजीनामाका विषयमा केही पनि बताएनन् । सत्तारुढ पार्टी जानु–पिएफले यसअघि मुगाबेलाई पार्टी नेताको जिम्मेवारीबाट बर्खास्त गरेको थियो ।
जानु–फिएफ पार्टीले भने उनलाई पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । यो अवधिमा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी पनि दिइएको छ । तर मुगाबेले टेलिभिजन सम्बोधनको क्रममा आफू पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएपछि समस्या अझ जटिल बन्ने देखिएको छ ।
सम्बोधनको क्रममा मुगाबेले एकअर्कासँग कटुता राख्न नहुने पनि बताएका थिए । लामो समयदेखि सत्तामा रहँदै आएका मुगावेको शक्ति गएको बुधबार सेनाले हस्तक्षेप गरेपछि भने कमजोर भएको छ । मुगाबेपछि सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने विषयमा विवाद चर्किँदै गएका बेला सेनाले हस्तक्षेप गरेको थियो । मुगाबे आफ्नी श्रीमती ग्रेस मुगाबेलाई आफूपछिको उत्तराधिकारीको रुपमा अघि ल्याउने प्रयासमा लागेपछि सत्तारुढ पार्टीमा विवाद बढेको थियो ।बिबिसी