जम्मू काश्मिरमा भारतीय सेना र चरमपन्थीबीच भिडन्त

जम्मु कास्मिर क्षेत्र मा भारतीय सेना
जम्मु कास्मिर क्षेत्र मा भारतीय सेना

जम्मू काश्मिरमा भारतीय सेना र चरमपन्थीबीच बिहीबार भएको भिडन्तमा ११ जनाले ज्यान गुमाएका छन् ।

सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सम्बन्ध सुधार्न हात मिलाउँदै गर्दा काश्मिरमा ११ जनाले ज्यान गुमाएका हुन् । काश्मिरको पहाडी इलाकको एक बंकरमा लुकेका ३ जना चरमपन्थीसँग भारतीय सेना शुक्रबार पनि भिंडिरहेको छ ।

भारतीय सेनाले चरमपन्थीविरुद्द अन्तिम कारबाहीस्वरुप बंकरलार्इ उडाउन काश्मिरको अरनिया गाउँस्थित पिडी खट्टर गाउँमा सैनिक ट्यांक पनि तैनाथ गरेको छ ।

सार्क सम्मेलनको क्रममा एक आपस मा हात मिलाउदै भारत र पाकिस्तानका प्रधानमन्त्री
सार्क सम्मेलनको क्रममा एकआपसमा हात मिलाउदै भारत र पाकिस्तानका प्रधानमन्त्री

काश्मिरमा हुन लागेको विधान सभाको चुनाव प्रचार कार्यक्रमलार्इ सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानु अघिल्लो दिन ठूलो मुठभेड भएको हो । मोदी शुक्रबार जम्मुको उधुमपुरमा हुने चुनावी सभालार्इ सम्बोधन गर्न शुक्रबार त्यहाँ पुग्दैछन्  ।

मोदीको जम्मु काश्मिर यात्रालार्इ लक्षित गरी त्यहाँ सुरक्षाव्यवस्था अत्यन्त कडा बनाइएको छ । जम्मुको

अररिया इलाकामा सेप्टेम्बमर र अक्टोबरमा भारतीय र पाकिस्तानी सेनाबीच पनि गोलाबारी भएको थियो । सो गोलाबारीमा २० जनाको ज्यान गएको थियो ।