जनकपुरमा मधेशी मोर्चाको बैठक बस्दै

DSC00033मुलुक साम्यवाद तर्फ उन्मुख भईरहेको बेला सरकारसँग निर्णायक बार्ता हुनु अघिल्लो दिन शनिबार जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्तरिक बैठक केही बेरमा सुरु हुँदै छ ।

जनकपुरधामको शिवचौक स्थित सिटी स्टार होटलमा बैठकका लागि मोर्चा आबद्ध दलका शिर्ष नेताहरु आउने क्रम सुरु भईसकेको छ । यद्यपी बैठक अझै एक घण्टा ढिलो हुने बताएको छ ।

सरकारसँगको वार्ता प्रक्रिया र भावी आन्दोलनको कार्यदिशा बारे छलफल गर्न मोर्चाको आन्तरिक बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुनका लागि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव हिजै जनकपुर पुगिसकेका छन् । अन्य नेताहरुको अन्य आउनेक्रम जारी छ ।

यसैबीच, तमलोपाका अध्यक्ष महन्थ ठाकुरले कात्र्तिक १५ गते हुने वार्ता अन्तिम वार्ता हुने बताएको छ ।
महोत्तरीमा ३५ दिनदेखि जारि धर्नामा सहभागि हुन पुगेका तमलोपा अध्यक्ष ठाकुरले भोली मधेसी मोर्चा र सरकारबीच हुने वार्ता अन्तिम हुने बताएका हुन् ।

यस अघि सरकारी वार्ता टोलिले आफुहरुसंग सार्थक वार्ता गर्नका लागि पुर्ण विवरण लिएर आउन कार्तिक १२ गतेसम्मको समय लिएका थिए । तर खाका विना नै उनीहरु वार्ता गर्न आएपछि मोर्चा र सरकारीबार्ता टोलीबीच भएको वार्ता निश्कर्ष विहिन भएको ठाकुरले दावी गरे । १५ गतेको वार्ता सार्थक नभए देश दुर्घटनामा फस्ने चेतावनी दिँदै अध्यक्ष ठाकुरले त्यसपछि वार्ताको कुनै औचित्य नरहने स्पष्ट पारे ।