जनकपुरमा झडप, ४५ प्रहरी सहित ९५ जना घाइते, इनरुवामा प्रर्दशन

saptari-12आन्दोलनरत लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज जानकी चौकी नजिक भएको झडपमा ९५ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार घाइतेमा सुरक्षाकर्मीतर्फ ४५ जना घाइते भएका छन् ।
आन्दोलनकारीले जानकी चौकीलाई लक्षित गरी २१ वटा पेट्रोल बम प्रहार र प्रहरीलाई ढुङ्गामुढा गर्दा सुरक्षाकर्मी घाइते भएको बताउँदै उहाँले स्थिति नियन्त्रणका लागि २१ सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए । त्यस्तै, आन्दोलनकारीतर्फ ५० जना घाइते भएको सद्भावना पार्टीका अध्यक्ष सञ्जय सिंहले बताए। घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भई रहेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार आन्दोलनकारीले सोमबार चौकीलाई लक्षित गरी ३५ वटा पेट्रोल बम प्रहार गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका थिए ।

सद्भावना अध्यक्ष राजेन्द्र महतो विराटनगरको झडपमा घाइते भएयता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको हो । सोमबार पनि जानकी प्रहरी चौकी वरिपरि दिनभरि प्रदर्शन भएको थियो ।
नगर क्षेत्रमा संचालित स्कूल कलेजहरु मंगलबार तेस्रो दिन पनि बन्द गराइए । नगर भित्रका पसल तथा व्यापारिक प्रतिष्ठानहरु पूर्णत: बन्द रहे ।सद्भावना पार्टी धनुषाका अध्यक्ष सिंहले आन्दोलनकारी माथि चरम दमन गरिएको आरोप लगाएका छन ।

यसैगरी सुनसरी सदरमुकाम इनरुवामा विधार्थीहरले वृहत विरोध पर्दशन गरेका छन । मोरगंको विराटनगर रानी क्षेत्रमा शान्तिपूण आन्दोलनमा प्रहरीले गरेकोे ज्यादतीमा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सहितका दजर्नौ नेताकार्यक्रता घाईते भएको विरोधमा आज इनरुवामा विधार्थीहरुले वृहत विरोध पर्दशन गरेकोे विधार्थी नेता महानन्द यादवले जानकारी दिनुभयो ।

सुनसरी क्याम्पस सतिह इनरुवा क्षेत्रका सम्पुर्ण विद्यालयका विधार्थीहरुकोे सहभागितामा वृहत विरोध पर्दशन गरीएकोे अर्का विधार्थी नेता ब्रहमदेव यादवले जानकारी दिनुभयो । राज्यको दमन विरुद्ध आफुहरुले कपि कलम र किताव छोडीे नलायक सरकार र प्रशासन विरुद्ध इनरुवामा विधार्थीहरको वृहत विरोध पर्दशन गरेकोे उनीहरुले बताएका छन । सो प्रदर्शन संघिय विद्यार्थी फोरम जिल्ला अध्यक्ष मिथलेश यादवको अगुवाइमा भएको बताइएको छ । प्रदर्शन पछि आयोजित कोण सभामा उज्ज्वल मेहता , ब्रहमदेव यादव , मिथलेश यादव लगायतका विद्यार्थी नेताहरले बोलेका थिए ।