जनकपुरका युवा पत्रकारका छैठौं कृति ‘खजुरीबाली विमोचन’

खुशीको क्षण...पत्रकार सुझित झा द्रारा लिखित कृतिको राजबिराजमा बिमोचन गर्दै
खुशीको क्षण…पत्रकार सुझित झा द्रारा लिखित कृतिको राजबिराजमा बिमोचन गर्दै

जनकपुरका युवा पत्रकार सुजित कुमार झाद्वारा लिखित छैठो कृति ‘खजुरीवालीको आइतबार राजविराजमा एक समारोहका बीच विमोचन गरियो ।   मैथिली भाषामा लेखिएको उक्त कथा संग्रहको विमोचन नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् बरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई र मैथिली साहित्य पषिदका पूर्व अध्यक्ष देवेन्द्र कुमार मिश्रले संयुक्त रुपमा गरको हुन् । मैथिली साहित्य परिषद्मा आयोजित विमोचन समारोहका प्रमुख अतिथि बरिष्ठ पत्रकार भट्टराईले साहित्य समाजको ऐना भएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । देशकै अति प्राचीन भाषा मैथिलीको संरक्षण सम्बद्र्धन तथा प्रचार प्रसारका लागि साहित्य सिर्जना माध्यम भएकोले साहित्य लेखन तथा पुस्तक प्रकाशन निरन्तर रुपमा हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका विशिष्ठ अतिथि परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रले साहित्य लेखन एकदमै कठिन कार्य भएको भन्दै पुस्तक प्रकाशन झन् चुनौतीपूर्ण कार्य भएको बताए । पत्रकारिता पेशामा रहेर पनि मैथिली भाषा साहित्यको क्षेत्रमा कलम चलाउनु प्रशंसनीय कार्य भएको बताउँदै उहाँले पत्रकार झालाई निरन्तर कलम चलाई राख्न आग्रह समेत गर्नुभयो ।
मैथिली महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलले खजुरीवाली कथा संग्रह मैथिली साहित्यको क्षेत्रमा उदाहरणीय हुने विश्वास व्यक्त गरे । कुनै पनि समाजको परिचय सात्यिबाटै झल्किने भएको तथा ऐतिहासिक दस्तावेज समेत बन्ने भएकोले अन्य भाषाहरुबाट आगन्तुक शब्दहरुको प्रयोग कम गर्नुपर्नेमा उनले जोड दिए
विमोचन समारोहमा सभासद् अशोक कुमार मण्डल, नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष रामअशिष यादव, रामानन्द युवा क्लबका संस्थापक अध्यक्ष अमरचन्द्र अनिल, नेपाल पत्रकार महासंघका पार्षद हेमशंकर सिंह, महिला अधिकारकर्मी आभासेतु सिंह, मैथिली जागरण मंचका महासचिव श्यामसुन्दर यादव लगायतका वक्ताहरुले झाद्वारा लिखित कथा संग्रह उपर टिप्पणी गरेका थिए । कार्यक्रमको अध्यक्षता परिषदका अध्यक्ष विवेकानन्द मिश्रले गरेका थिए । खजुरीवाली कथा संग्रहमा १३ वटा कथा संग्रहित गरिएको छ ।