गृहमन्त्रीकै अगाडि लुटपाट

DSCF0348 गृहमन्त्री शक्ति वस्नेतले पुर्वाञ्चलका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिईरहेका वेला सुनसरीको ईनरुवा स्थित वैकमा कार्यरत एम महिला कर्मचारी लुटिएकी छिन् ।

सुनसरीको औरावनीवाट रकम संकलन गरेर सदरमुकाम फर्किदै गर्दा ईनरुवा नपा १० स्थित वलाहा चौकमा फर्वाड वैकमा कार्यरत सरिता कुरमारी चौधरीको साथवाट १ लाख ९० हजार रुपैया लुटिएको छ ।

मोटरसाईकलमा आएका २ जना अज्ञात हतियारधारीले साईकलमा रहेकी चौधरीलाई आक्रमण गरी लछार(पछार पार्दै रकम र मोवायल लुटेर लगेका हुन् ।

दुई जना विच सडकमै लुछाचुँडि भईरहेको देखेर घटनास्थल पुगेका स्थानीय महिलाहरुलाई समेत लुटेराले गोली चलाएको प्रत्यक्षदर्शीले वताएका छन् । संयोगवस वन्दुक नपड्कीएपछि आक्रमणवाट स्थानीयवासी वचेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरीले घाईते अवस्थामा रहेकी सरीतालाई अस्पताल पु¥याएको छ । घटनास्थलवाट प्रहरीले थ्री नट थ्री पेस्तोलमा लाग्ने एक थान म्याग्जीन समेत वरामद गरेको सुनसरीका एसपी संजयराज शर्माले वताए ।

DSCF0347यता, विहानै सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको वराह वाहिनी मुख्यालय पुगेका गृहमन्त्री वस्नेतले पुर्वाञ्चलका सुरक्षा प्रमुखहरुलाई तराई मधेशमा जारी आन्दोलनलाई निश्तेज पार्न कुनै कसर वाकी नराख्न र राजमार्ग सुचारु गर्न निर्देशन दिएको श्रोतले जनाएको छ । मन्त्री वस्नेतलाई तराईको झापा , मोरङ्ग, सुनसरी, सप्तरी र सिरहाको अवस्था वारे पुर्वाञ्चलका प्रहरी प्रमुख डिआईजी माधव जोशीले जानकारी गराएका थिए ।

कार्यक्रममा गृह सचिव नारायण गोपाल मलेगु, गृहमन्त्रालयका सुरक्षा महासाखा प्रमुख लक्ष्मी ढकाल, नेपाली सेनाको पुर्वी पृतानापति हरीवहादुर वस्नेत लगायत तीन वटै सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।DSCF0355