गुल्मीको लागि नेरु ४ करोड १३ लाख ६० हजार भारतीय सहयोग

??????????????????????????????? गुल्मी जिल्लाको शान्तिपुर गाविस स्थित चन्द्रकोट क्याम्पस भवन निर्माणको लागि भारत सरकारको भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत नेरु ४ करोड १३ लाख ६० हजार भारतीय आर्थिक सहयोग प्रदानगर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । यो भारत सरकारले गुल्मी जिल्लालाई प्रदानगर्ने छैटौं शैक्षिक परियोजना हो ।

भारत सरकारको नेरु ४ करोड १३ लाख ६० हजार अनुदान सहयोगमा निर्माण हुने उक्त परियोजना जिविस गुल्मीले कार्यान्वयन गर्दैछ ।विद्यमान संरचना जीर्ण भएकाले नयाँ बन्ने भवनले अत्यावश्यक कक्षाकोठा सुविधा पु¥याउनुको साथै गाविस स्तरीय शिक्षाको वातावरण निर्माणमा सहयोग पुग्नेछ । यस परियोजनाका कारण जिल्लामा शिक्षाको विकास गर्न सहयोग पुग्नेछ । यस बाहेक, भारत सरकारले ११ ओटा एम्बुलेन्ससमेत यस जिल्लालाई उपहार प्रदानगरिसकिएको छ ।

यस बाहेक आव २०१५–१६ माभारत सरकारले नेपालका विभिन्न ऐतिहासिक, धार्मिक, शैक्षिक, सांस्कृतिक महत्वका सम्पदाको पुनर्निर्माण तथा जिर्णोद्धारको लागि ने.रु. करिव ५५ करोड सहयोग प्रदानगरिसकेको छ । भारत–नेपालआर्थिक सहयोग कार्यक्रमअन्तर्गत संचालनहुने परियोजना नेपालकालगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५१४ भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ७६०० करोडभन्दाबढी रहेको छ । यीविकास परियोजनाहरु स्थानीयआवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।