गाँजा तस्करीको ‘हव’ बन्दै सप्तरी

DSCF5948एक महिना नबित्दै सप्तरीको पुर्वी र पश्चिमी भेगबाट ठूलो मात्रामा लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । केही समय अगाडी भारत तर्फ लैजाँदै गरेको एक सय ७२ केजी गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र तीन नेपाली रहेका छन् । त्यस लगत्तै पुनः सप्तरीको पातो स्थित सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले बिहिवार घरमा लुकाई राखेको अवस्थामा एक सय ७५ केजी गाँजा पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक राजन शाह नेतृत्वको टोलीले सप्तरीको रामपुर जमुवा–५ स्थित गुलटेन मण्डलको घरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । घरभित्र परालले छोपेर लुकाएर राखेको १२ पोका गाँजा बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक हृदयनारायण मण्डलले बताए । गाँजासँगै मण्डल पनि पक्राउ परेका छन् । करिब २० लाख मुल्य पर्ने उक्त गाँजा पातो नाका हुँदै भारत तर्फ लैजानको लागि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । संलग्न तीन जना फरार रहेको प्रहरीले बताएको छ ।

भारदह स्थित कोशी नदी हुँदै तस्करी गर्न लागेको उक्त गाँजा तस्करीमा संलग्न मुख्य व्यापारी बुधना भने कोशी ब्यारेज स्थित सप्तकोशी होटलका संचालक बुधन मण्डल सहित थप तीन जना भारतीय व्यापारीलाई प्रहरीले धरानबाट पक्राउ गरेका छन् । यी दुई नाकाबाट विगत १३ महिना देखि गाँजा तस्करी भईरहेको रहस्य खुल्न आएको छ । भोजपुरबाट आउने गाँजा उदयपुरको बेल्टार हुँदै भारदहसम्म आउने गरेको र त्यहाँबाट भारदहका केही गाँजा तस्करहरु मार्फत ढुंगामा राखेर भारत पठाउने गरिन्छ । स्मरणरहोस् भारतमा प्रति केजीको मुल्य नेपाली रुपैयाँ दश हजार देखि १२ हजार रहेको छ ।

प्रहरीले बरामद गरेको गाँजाको पोका
प्रहरीले बरामद गरेको गाँजाको पोका

केही दिन अगाडी क्षेत्रीय अनुसंधान ब्यूरो विराटनगरका प्रमुख डिएसपी राजकुमार वैद्यबार नेतृत्वको टोलीले सप्तरीको कल्याणपुर इलाकाबाट ठूलो परिणाममा चरेश बरामद गरेका थिए । केही दिन यता राजमार्गको छेउछाउ र कोशी ब्यारेज इलाकाबाट ठूलो मात्रामा गाँजा तस्करी भईरहँदा प्रहरीले बेलाबखत मात्रै थाहा पाउन आश्चर्यजनक रुपमा लिएको छ । पक्राउ परेकाहरुलाई अनुसंधान गर्दा वर्षौ देखि गाँजा तस्करी भईरहेको र जिल्ला प्रहरीमा आउने प्रमुखहरुको लागि पैसा कमाउनु ठूलो माध्यम गाँजा भएको जानकारहरु बताउँछ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सादा पोशाकका घुमुवाहरु यहाँका तस्करहरुसँगको साँटघाँटकै कारण रंगे हात पक्राउ परेपनि भाग्न सफल भएको भने भनाई हाँस्यास्पद रहेको छ ।

DSCF5951 भर्खरै सप्तरी आएका प्रहरी प्रमुख शिशिर कर्माचार्यको अगाडी सप्तरीमा आउने हुने सुपारी, गाँजा र सुन तस्करी चुनौतीको रुपमा देखा परेका छन् ।

यसैगरी सशस्त्र प्रहरीले सप्तरीको मलेठ–८ स्थित ईन्दल यादवको घर नजिक परालको टालमा छोपिराखेको बिना नम्वर प्लेटको मारुती कार समेत बरामद गरेको उपरीक्षक मण्डलले जानकारी दिएका छन् ।