गर्भवती युवतीलाई घर निकाला…

piditप्रेम विवाह गरेकी एक 0 सासु, ससुरा र जेठाजुद्वारा घर निकाला गरिएपछि विचल्लीमा परेकी छिन् ।
डेढ वर्ष अघि सप्तरीको रायपुर ८ बस्ने २२ वर्षिय प्रकाश यादवसँग मन्दिरमा प्रेम विवाह गरी घर भित्रेकी सोही वडा निवासी २० वर्षिया सरस्वती चौधरी अहिले घर निकालामा परेपछि विचल्लीमा परेकी हुन् ।

गाउँमा कतै कुनै सुनुवाई नभएपछि आफ्नो २० दिने छोरा सहित न्याय खोज्दै आइतवार सदरमुकाम राजविराज आई पुगेकी सरस्वतीले सञ्चारकर्मीहरुसित पीडा पोख्दै न्यायका लागि पहल गरि दिन आग्रह गरेकी छिन् ।
उनले डेढ वर्षदेखि पति प्रकाशसँग राम्ररी नै बस्दै आए पनि केही दिन यता ससुरा परशुराम, सासु (नाम नखुलेको) तथा जेठाजु लालले घर छाड्न दवाव दिनुका साथै शारीरिक र मानसिक यातना दिन थालेको बताईन । प्रकाशको अर्कै विहे गर्ने उद्देश्यले त्यस्तो षडयन्त्र बुनिएको उनको भनाई छ । घर नछाडे ज्यानै मार्नेसम्म धम्की दिने गरेका सासु, ससुरा र जेठाजुले पछिल्लो पटक कार्तिक ३ गते पति प्रकाश घर बाहिर रहेको मौका छोपी कुटपिट गर्दै घर निकाला गरेको उनले सुनाईन । गर्भवती अवस्थामै घर निकालामा परेकी सरस्वतीले कार्तिक ५ गते माईतमै छोरो जन्माएकी छिन् । पति प्रकाशको भने अत्तोपत्तो छैन ।

सरस्वतीले पनि प्रकाशलाई पटक–पटक उनको मोवाईल नं. ९८०७७३७२८७ मा सम्पर्कको प्रयास गर्दा पनि “स्वीच अफ” बताउने गरेको सुनाईन । पति प्रकाशलाई मसँग सम्बन्ध छोडाउन सासु, ससुरा र जेठाजुको मिलि भगतमा लुकाईएको वा विदेश तिर पठाईएको उनले दावी गर्दै न्यायका लागि पहल गरि दिन आग्रह गरेकी छिन् ।
सासु, ससुरा र जेठाजुले घर निकाला गरि दिए, पतिको पनि अतोपतो छैन उनले भनिन “अव यी काखे बालक र आफ्नो गुजारा कसरी चल्छ, यही पीरले निन्द्रा र भोक सवै हरेको छ ।

यस विषयमा गाउँमा पटक–पटक भर भलादमीको पञ्चायति बसेर परशुरामले सरस्वतीलाई बुहारी स्वीकार्ने र अव कुनै किसिमको दुव्र्यवहार नगर्ने बाचा गरेपनि ब्यवहारमा त्यसो नदेखिएको स्थानीयवासी विशेश्वर चौधरीको भनाई छ । यसबारे पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी परेको छ । उजुरीमा घर निकालामा परेकी सरस्वतीलाई पुनः घर भित्र्याउने तथा शान्ति सुरक्षाका साथ बस्न पाउने वातावरणका लागि आग्रह गरिएको पीडित युवतीकी आमा चिन्ता देवीको भनाई छ ।

पीडित महिलाका बुवा किसुनदेव चौधरी मजदुर हुन् । उनले मजदुरी गरेर २ जनाको परिवार पाल्न गा¥हो भईरहेको बेला छोरीको समस्याले झनै पीडा थपिएको बताउँदै छोरीलाई न्याय दिलाउन आवश्यक पहल गरि दिन सवैसँग आग्रह गरेका छन् ।

यस सम्बन्धमा प्रकाश र उनका अभिभावकसँग पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि सफल हुन सकिएन ।
प्रहरीले यसबारे तत्कालै अनुसन्धान गरी आवश्यक कारवाही प्रकृया थाल्ने जनाएको छ ।