गतिरोध अन्त्यका लागि कार्यदल बैठक

कार्यदल बैठकब्यवस्थापिका संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रमुख चार दलका शिर्ष नेताबीच छलफल हुने भएको छ । आज विहान कार्यदल तहमा सहमति जुट्न नसकेपछि शिर्ष नेताबीच दिउँसो छलफल हुने भएको हो । सरकारले भुकम्प पिडितलाई पुननिर्माणका लागि दुई लाख किस्तामा दिने भनि गरेको सम्झौतालाई पुन मुल्याङ्कन गर्ने बिषयमा शिर्ष तहमा छलफल आवश्यक भएको कार्यदलका नेताले जानकारी दिए ।
भुकम्प पीडितको समस्यालाई साझा समस्याका रुपमा लिएर अनुदान विवादलाई सुल्झाउन कार्यदलले शिर्ष नेताहरुलाई सुझाव दिएको छ । कार्यदलमा रहेका कांग्रेस नेताले भने भुकम्प पीडितलाई एकै किस्तामा अनुदान दिनेमा अझै सहमति बन्न नसकेको बताएका छन् ।
शिर्ष नेताले आजै अपरान्हसम्ममा संसदको गतिरोध अन्त्य गर्ने गरी छलफल गर्ने बताइएको छ । दलहरुले आज अपरान्ह साढे ३ बजेका लागि बोलाइएको संसद बैठक अघि नै सहमतिको प्रयास गर्ने बताइएको छ। भुकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने प्रमुख माग सहित प्रतिपक्षी नेपाली कांग्रेसले गत शुक्रवारदेखि संसद अवरुद्ध गर्दै आएको छ । लगातार चौथो दिनको अवरोधपछि प्रमुख चार दलले हिजो ७ सदस्यीय कार्यदल गठन गर्दै निकासको पहल थालेका थिए ।

व्यवस्थापिका संसदमा जारी अवरोध खुलाउने विषयमा सहमति जुटाउन गठीत कार्यदलको बैठक विना निष्कर्ष टुंगेको छ। आजैबाट संसदको गतिरोध अन्त्य गर्ने गरी बिहानै बसेको चार दलीय कार्यदलको बैठक विना निष्कर्ष टुंगिएपनि शीर्ष तहमा छलफल गर्ने सहमति भएको छ। प्रमुख प्रतिपक्षी काँग्रेसले गत शुक्रवारबाट संसद बैठक अवरुद्ध गरेपछि सहमति जुटाउन हिजो चार दलीय कार्यदल गठन गरिएको थियो ।

कार्यदललाई आज दिउँसोसम्ममा सहमति जुटाउने जिम्मेबारी दिइएको थियो । भूकम्प प्रभावितलाई एकमुष्ठ दुई लाख दिनुपर्ने माग सहित सदन अवरुद्ध गर्दै आएको काँग्रेसले आजको संसद बैठक अघि शीर्ष नेतृत्व तहमा सहमति नजुटे सदन चल्न नदिने अडानमा रहेको  छ ।