खोक्सरप्रवहामा धान रोपेर धान दिवस

5ब्यवसायिक धान खेतिको आधार सामुदायिक नर्सरीको बिसतार नाराको साथ जिल्ला कृषि विकास कार्यालय सप्तरीले आज सप्तरीको  शम्भुनाथ नगरपालिका १ स्थित खोक्सरप्रवहामा धान रोपेर धान दिवस २०७३ मनाएको छ  ।

जिल्ला कृषि बिकास कार्यालयको आयोजना तथा रुपनी सहकारी सस्थाको सम्नबयमा गरेको धान दिवस कार्यक्रममा प्रमुख अतिथि स्थानिय नियमित बिकास अधिकारी प्रदिप बहादुर सिँह यादवले ब्यवसायिक कृषि लागत घटाउनको लागि समुहमा मिलेर खेति गनुृपर्ने बताउनुभएको छ  ।  साथै उहाले सप्तरीमा नदिहरु धेरै भएपनि यहाँ उचित सिँचाइ नभएकाले कृषि क्षेत्रको बिकास हुन समस्या भएको बताउदै कोशीको पानी चुरेको छेउछेउ हुदै नहर निर्माण गरिएमा मात्र उचित सिचाइ हुने उहाँको धरना थियो  ।

सोही कार्यक्रममा जिल्ला कुषि बिकास कार्यालय सप्तरीका बरिष्ठ अधिकृत भगिरथ यादवले तराईृको जिल्लाहरु मध्ये सप्तरीमा धानको खेतिमा कमी आउनुको मुख्य कारण खेतिको समयमा पानी नपर्नाले र उचित सिँचाइको ब्यवस्था हुननसकेकाले यहाा समूया देखिएको बताइएको छ  । यहाँ बिद्युतको समस्याले पनि किसानहरुले समयमा पानी नपाउदा खेति हुन नसकेको गुनासो गनुृभयो  ।  यादवले भने किसानहरुले खेतमा राम्रो उवजाउको लागि प््रगरिक मलको प्रयोग गर्न सबै किसानलाई आग्रहगर्नुभयो । साथै प्रागरिक मल प्रयोग गरेमा खेतको माटो पनि राम्रो हुने र कुनै रोग समेत न लागने जानकारी गराउनुभयो  । डिजेल , पेट्रोल महगी र नियमित बिद्युत नभएकाले किसानहरु समयमा खेतमा पानी हालनबाट बन्चित देखिउको बताइएको छ  ।

सम्पन कार्यक्रमको प्रमुख अतिथी स्थानीय विकास अधिकारी प्रदिप बहादुर सिँह यादव बिशिष्ट अतिथी जिल्ला पसुसेवाका प्रमुख डा काशी नाथ यादव , कोशी पिडित समाजका अध्यक्ष देवनारायण यादव, बालि बिकास अधिकृत बिद्यायसागर यादव, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादव, कृषि प्रसाद अधिकृत रोशन मैहता,जिल्ला कृषि संघका अध्यष उन्द्रदेव चोधरी, आइपियल कृषक सह अध्यषक बोवालाल चौधरी, बाली संरक्षण अधिकृत दिनेश प्रसाद यादव, सि.एफएमका पत्रकार श्यामसुनदर यादव, राससका पत्रकार अरुणकुमार यादव लगायतका बक्तहरुले शुभकामना मतब्य ब्यक्त गरेको थियो  ।