क्यानेडियन मेडिकल टोली आउँदै….

ParliamentHill.jpgक्यानडा सरकारले नेपालमा महाभूकम्पबाट पीडितहरुको सहयोगका लागि १२० बेडको अस्पताल सुविधासहितको मेडिकल टोलीलाई सोमबार काठमाडौं पठाएको छ । अत्याधुनिक सर्जिकल उपकरणसहित क्यानडा रेडक्रसमार्फत गएको २५ जनाको विज्ञ टोलीले ठूलो मात्रामा चिकित्सकीय समग्री लिएर गएको छ । टोलीले आवश्यकता परुन्जेल नेपालमा सघाउने छ ।
अहिले गएको मेडिकल टोलीले अस्पताल स्थापना गर्न आवश्यक सयौँ पालहरु, औषधी तथा भूकम्पीय विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने चिकित्सकीय उपकरण तथा सामग्री, पानी शुद्धीकरण गर्ने सामग्रीसाथ लगेको छ । पीडितका लागि ३६ हजार किलो राहत सामग्रीसहित गएको उक्त टोली युरोप, कुवेत भारत हुँदै नेपाल सरकारको अनुमतिपछि घटनाक्षेत्रमा काममा खटिने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले जनाएका छन् ।