को हुन, नन्दबहादुर पुन-उपराष्ट्रपति ? एक्सक्लूसिव

चुंगबान    मीटिंगमा  बादलको साथमा नन्दबहादुर पुन ‘पासाङ’।
चुंगबान मीटिंगमा बादलको साथमा नन्दबहादुर पुन ‘पासाङ’।

बैद्यनाथ यादव/ संघीय गणतन्त्रात्मक मुलुक नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट एमाओवादीका उम्मेदवार पुनले ३२५ मत पाएका छन् भने कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छ,१० मत बदर भएको छ । शनिबार साँझ बसेको बैठकमा सभामुख ओनसरी घर्तिले पुन विजयी भएको घोषणा गरिन् । शनिबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा ५ सय ४७ मत खसेको थियो ।

व्यवस्थापिका–संसद् भवनमा शनिबार बिहान ११ बजेदेखि भएको मतदानमा मधेसी दल अनुपस्थित रहे । ५ सय ९६ जना सांसद्मध्ये ४७ जना अनुपस्थित रहे । सभामुख ओनसरी घर्ति र उपसभामुख गंगाप्रसाद यादव तटस्थ बसे ।

नाम : नन्दबहादुर पुन ‘पासाङ’
जन्म : ०२२ कात्तिक ७ गते
जन्म स्थान : राङसी–९, रोल्पा
आमा : स्व. मनसरा पुन
बुवा : रामसुर पुन
छोरा बुहारीहरु : जितेन्द्र पुन-जुनमाया घर्ती र दिपेश पुन-सविना आले
नति : न्यूटन पुन
जन्म र परिवार :-

नन्दकिशोर पुन ‘पासाङ’ले परिचित उहाँको वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने जनयुद्धले जन्माएको नाम हो । जनयुद्धको तयारी र सुरुआतको चरणमा लिफङबाट परिचित उहाँ पछि पासाङ बन्नुभएको हो । राङसी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनु भएका उहाँ पाँच भाईमध्ये माइलो हो । उहाँका तीन दिदि बहिनी हुनुहुन्छ । किसान परिवारका रामसुरलाई छोराहरु पढाउन निकै मुस्किल थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुहरुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोराहरुलाई अध्ययन गराउनुभयो । खोसिएको सम्पत्ति पनि प्यूठान अड्डाबाट मुद्दा जितेर फिर्ता लिनुभयो । पाँचै भाई छोरालाई रामसुरले त्यसबेला नै आईए भन्दा माथिको अध्ययन गराउनुभयो । ८२ वर्षीय मनसुर अझै पनि गाउँमा कृषिमा सक्रिय हुनुहुन्छ ।
पासाङको जेठा दाजु वीरबहादुर पुन ईन्जिनियर, साईलो भाई भीमप्रकाश पुन उच्च माविको प्राचार्य, काईलो भाई दिपक पुन शिक्षण पेशा छाडेर खेती किसानीमा हुनुहुन्छ । कान्छो भाई कमल भने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुँदा ०५९ मा राज्यले मारिदियो । जनयुद्धमा उहाँकी श्रीमति हस्तामाली पुन स्थानीय पार्टी कमिटिमा रहेर काम गर्नुभयो । उहाँको जेठो छोरो जितेन्द्र र कान्छो छोरो दिपेश पनि सानै उमेरमा पढाई छाडेर बन्दुक बोकेर जनयुद्धमा सहभागी हुनुभयो ।
chunbang baithakma commandarharusangaशिक्षा दिक्षा :-

पासाङ आठ वर्षको हुँदा स्कूल भर्ना हुनुभयो । प्रावि, जाखरबाट तीन कक्षा उत्तिर्ण गरेपछि तत्कालीन निमावि राङसीमा भर्ना हुनुभयो र त्यहींबाट २०३७ सालमा ७ कक्षा उत्तिर्ण गर्नुभयो । माध्यामिक तहको अध्ययन पुरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुनुभयो । तर विद्यार्थी संगठनमा आबद्ध भएर सक्रिय राजनीतिक गरेको आरोपमा विद्यालय प्रशासनबाट उहाँलाई अवरोध भयो । प्रहरीले वारेण्ट जारी ग¥यो । स्कूल प्रशासनको स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहींबाट २०४२ मा एसएलसी उत्तिर्ण गर्नुभयो । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर उच्च शिक्षा हाँसिल गर्नुभयो । औपचारिक शिक्षाबाहेक उहाँले सैन्य विज्ञान, राजनीतिक दर्शनको अध्ययन गर्नुभएको छ ।
विवाह :-
उहाँले कक्षा ९ मा पढ्दै गर्दा ०३९ मा जंकोट–१, माडिचौर निवासी हस्तमाली पुनसँग प्रेम विवाह गर्नुभयो ।
प्रारम्भिक विद्यार्थी राजनीति :-
२०३७ सालमा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उहाँ अनेरास्ववियू छैटौंको ईकाई अध्यक्ष हुनुभयो । त्यहींबाट दोस्रो जिल्ला सम्मेलनको प्रतिनिधि भएर जानुभयो । प्रहरीले अवरोध गरेपछि दिनभर ओढारमा लुकेर फर्कनुभयो ।

लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित ग¥यो । महराको सरल स्वभाव र पढाउने शैलीले उहाँलाई आकर्षित ग¥यो । संगठन बनाउन र कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न पनि महराले प्रेरित गर्नुभयो ।
२०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । लिबाङमा ८ मा पढ्दै गर्दा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर उहाँ जानुभयो । सो सम्मेलनबाट लिलामणी पोखरेल अध्यक्ष हुनुभयो । सम्मेलनमा जनगायक खुसीराम पाख्रिनले गाएको गित अहिले पनि सम्झना छ उहाँलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पासाङ सम्झनुहुन्छ । सम्मेलनबाट फर्केपछि प्रशासनले वारेण्ट ग¥यो । त्यसपछि ८ कक्षा उत्तिर्ण गरी थप अध्ययनका लागि पासाङ सोही वर्ष थबाङ जानुभयो । त्यहाँ पनि प्रहरीले पक्रेर तीन रात हिरासतमा राख्यो । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उहाँ मशाल समूहको अध्यक्ष हुनुभयो ।
शिक्षण र खेलकुद :-
एसलसी उत्तिर्णपछि पासाङले पार्टी कामको साथसाथै शिक्षण पेशा पनि अंगाल्नुभयो । २०४३ सालदेखि ९ वर्षसम्म पहिले आफूले पढेको निमावि राङसीमा अध्यापन गर्नुभयो, उहाँ जाँदा जुन मावि बनिसकेको थियो । अहिले उमावि बनेको छ । पूर्व मन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेतृ तारा घर्तीलगायतलाई उहाँले पढाउनुभयो । पूर्णकालीन भईसक्दा पनि अध्यापनका काम जारी राख्नुभयो । उहाँ स्थायी शिक्षक हुनुहुन्थ्यो ।
उहाँमा खेलकुदमा धेरै रुचि छ । विभिन्न खेलमा रुची भए पनि भलिबल उहाँको प्राथमिकतामा पर्छ । मावि लिबाङमा पढ्दै गर्दा उहाँले नेपालगञ्ज गएर भलिबलको क्षेत्रीय खेल खेल्नुभएको थियो । पछि उहाँ स्कूलमा खेलकुद शिक्षक पनि हुनुभयो । dolpako duna jadai, aaphaile banayako SMG hatiyar bokera
वर्गसङ्घर्ष :-
पासाङमा बाल्यकालदेखि नै लडाकु स्वभाव थियो । जनयुद्धको आधार तयार पार्न तत्कालीन मशालले सुरु गरेको ‘वर्गसंघर्ष’मा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभयो । जुन संघर्ष जनयुद्धको आधार बन्यो । दर्जनौं विपक्षीलाई लठ्ठीले एकसाथ प्रहार गर्नसक्ने उहाँको कलाको रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उहाँको बुवाले सिकाउनु भएको हो । माओवादी पार्टी नबन्दै तत्कालीन एकताकेन्द्र मशालले २०४८ पछि वाईसिएललाई लडाकु दस्ता बनाएर वर्गसंघर्ष चलायो । त्यसबखत पासाङ वाईसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । २०४८ को निर्वाचनमा रोल्पाबाट जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन उहाँ गाउँगाउँमा साँस्कृतिक कार्यक्रम देखाएर हिंड्नुभयो ।
टाउकाको मुल्य र पाखुरामा गोली :-
राज्यविरुद्धमा लागेको आरोपमा प्रशासनले उहाँको टाउकाको मूल्य जनयुद्ध अगाडि नै तोक्यो । मूल्य थियो ३५ हजार । ‘जहाँ भेट्यो त्यहीं मार्न’ भनेर प्रशासनले प्रहरी परिचालन ग¥यो । नेकपा (माओवादी) माओवादी नबन्दैको पार्टीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले बढी टार्गेट ग¥यो । २०५१ को स्थानीय चुनावका बेलामा फक्रेर १५ दिन हिरासतमा राख्यो ।

०५१ मै मद्यावधी चुनावको बेला राज्य उहाँलाई मार्ने योजनामा पुग्यो । २०५१ मंसिर ९ गते गाउँको स्थानीय मेलामा (ईरिबाङको चप्का)मा प्रहरीले पक्राउ गर्न खोज्यो । लठ्ठी चलाउन माहिर पासाङले प्रहरीलाई लठ्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उहाँको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल हुनुभयो । त्यसपछि प्रहरीबाट मेलामै लोकबहादुर घर्ती र मनबहादुर पुन मारिए ।
त्यसपछि उहाँ पूर्ण भूमिगत हुनुभयो । प्रहरीबाट बच्नका लागि उहाँले जनयुद्ध अघि नै आफ्नो घरभित्रबाट २५ मिटर लामो सुरुङ खन्नुभयो । जनयुद्ध सुरु भएको एक महिनापछि उहाँको आमाको निधन भयो । आमाको अन्तिम पुण्यतिथिमा उहाँ घरपुग्न सक्ने आशंकामा प्रहरीले छापामा मा¥यो । प्रहरीले त्यो सुरुङबारे थाहा पाएपछि सुरुङमा पासाङलाई त भेटेन उहाँको काइलो भाई दीपक पुनलाई गोली हानी घाइते बनाएर गिरफ्तार ग¥यो । दीपक झण्डै पाँच वर्ष जेल बस्नुभयो ।
पार्टी राजनीति :-
उहाँ २०४६ सालमा तत्कालीन मशालको पार्टी सदस्य हुनुभयो । उहाँलाई बासुदेव भन्ने नेताले पार्टी सदस्यता दिनुभएको थियो । पछि शैक्षिक गुरु कृष्णबहादुर महराबाट उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभयो । ०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक संगठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि नै पूर्णकालीन सदस्य भएर काम गर्नुभयो ।
एकताकेन्द्र बने लगतै भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सेक्रेटरी रहनुभएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य हुनुहुन्थ्यो । जनयुद्धको तयारी गर्दा वाईसिएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक हुनुभएका पासाङ १ फागुन ०५२ मा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीस्थिति इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणकोसह कमाण्डर हुनुभयो ।
पासाङ ०५४ मा पार्टीको क्षेत्रीय व्यूरो सदस्य हुनुभयो । ०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा ०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्यूरो सदस्य हुनुभयो । ०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिनु भएका उहाँ ०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भयो । सोही जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिट्व्यूरो सदस्यहरुको निर्वाचनमा उहाँ स्थायी समिति सदस्यमा निर्वाचित हुनुभयो ।
2052 ma miteri abhiyanma rukumko hukamma anantasangaसैन्य यात्रा :-

२०५२ मा जनयुद्धको थालनी भएको घोषणा गर्न गरिएको चारमध्ये होलेरी आक्रमणमा पासाङ सह–कमाण्डर हुनुहुन्थ्यो । रोल्पामा तीनवटा लडाकु दल थिए, ती सबैलाई मिलाएर माओवादीले स्वयम्सेवक दल बनायो र त्यहीं दलले होलेरीमा आक्रमण ग¥यो । माओवादीले फौजी संरचनाको विकास गर्दै जाँदा सबै संरचनाको कमाण्डर बन्दै जानुभयो ।
माओवादीले विभिन्न ०५३ मा दलहरुलाई स्क्वायडमा रुपान्तरण ग¥यो, तीनवटा स्क्वायड कमाण्ड उहाँले नै गर्नुभयो । २०५५ मा टास्कफोर्स बनायो । त्यसको कमाण्डर पनि उहाँ नै हुनुभयो । २०५६ मा प्लाटुनहरुलाई समेटेर कम्पनी बन्यो, त्यसको कमाण्डर उहाँनै हुनुभयो । सरकारसँगको पहिलो वार्ता असफल हुन लागेपछि ०५८ कात्तिकमा माओवादीदे रोल्पाको कुरेलीमा सैन्य भेला गरेर औपचारिक रुपमा जनमुक्ति सेनाको गठन ग¥यो । बटालियन स्तरको संरचना बनायो । त्यो बटालियनको कमाण्डर पासाङ हुनुभयो ।

०५९ मा माओवादीले जनमुक्ति सेनाको व्रिगेड संरचना बनायो, कमाण्डर उहाँ हुनुभयो । त्यसपछि बनेको दुईवटा डिभिजनमा उहाँका पश्चिम डिभिजनको कमाण्डर हुनुभयो । पूर्वी डिभिजन कमाण्डर वर्षमान पुन हुनु भयो । लगतै माओवादीले तीनवटा डिजिभन बनायो । पासाङ मध्य, अनन्त पूर्व र जनार्दन शर्मा प्रभाकर पश्चिम डिभिजनको कमाण्डर हुनुभयो । ०६२ मा भएको बहुचर्चित चुनबाङ बैठकपछि माओवादीले सातवटा डिभिजन बनायो ।

अध्यक्ष प्रचण्ड सुप्रिम कमाण्डर तथा अनन्त, पासाङ, प्रभाकर र चन्द्रप्रकाश खनाल बलदेव डेपुटि कमाण्डर हुनुभयो । शान्तिप्रक्रियापछि प्रचण्डले सुप्रिम कमाण्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख पासाङ हुनुभयो । उहाँ माओवादीले सैन्य संरचना बनाएको सुरुदेखि अन्तिमसम्म प्रमुख कमाण्डर हुनुभयो ।
प्रमख सैन्य कारबाहीहरु :-
पासाङ आफ्नो नेतृत्वमा आक्रमण गर्ने हो भने सबै योजना आफै बनाउनुहुन्थ्यो । परिपक्व तयारी गर्ने र हिम्मतका साथ लडाईंको नेतृत्व गर्ने कुशल नेतृत्व शैलीको अझै धेरैले प्रशंशा गर्छन् । उहाँको नेतृत्वमा भएको कुनै पनि लडाईं माओवादीले हारेन ।

०५२ फागुन १ गते होलेरी आक्रमणमा सह–कमाण्डरबाट सुरु भएको लडाईं त्यसपछि भने प्रमुख कमाण्डर भएर लड्नुभयो । पश्चिम नेपालमा माओवादीले गरेको ठूलठूला लडाईं सबै उहाँकै नेतृत्व, रक्की र योजनामा भएका छन्, जुन लडाईं माओवादीले अनिवार्य जितेको छ । प्रहरीमाथि भएको रोल्पाको होलेरी (दोस्रो, जेलबाङ, घर्तिगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् ।
पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाहीसेनालाई पराजित गर्दा पासाङ नै कमाण्डर हुनुहन्थ्यो ।
शान्तिप्रक्रियाको नायक :-
शान्तिप्रक्रिया टुंगिनुमा पनि पासाङको संयमताले धेरै काम ग¥यो । दलहरुले जतिसुकै सहमति वा संझौता गरेको भए पनि पासाङले नचाहेको भए शान्तिप्रक्रिया नटुंगिन सक्थ्यो । शान्तिप्रक्रिया जारी रहँदाभर उहाँले जनसेनालाई संयमताकासाथ जिम्मेवार बनाएर राख्नुभयो । सातवटै डिभिजनका कमाण्डरले उहाँलाई साथ दिए । त्यसमा उहाँमा भएको सैन्य नेतृत्व कलाले काम ग¥यो ।
शान्तिप्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्र संघ अन्तर्गतको जिएमसीसीको भाइस कमाण्डर रहेर काम गर्ने क्रममा उहाँले जर्मन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, नर्वे, बेल्जियम, चीन, भारत, वर्मा, थाइल्याण्डलगायतका मूलुकमा पुगेर नेपालको शान्तिप्रक्रियाको बारेमा क्लास दिनुभयो ।
राष्ट्रभक्त नेता पासाङ :-
पासाङ राष्ट्रियताप्रति बढी सम्वेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन् त्यहीं उपभोग गर्ने उहाँको बानी छन् । १७ जेठ ०६९ मा उहाँको दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थियो । उहाँ मृत्युको संघारमा हुनुहुन्थ्यो । सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्न थालेको प्रयासलाई उहाँले अस्वीकार गर्नुभयो ।
उहाँ नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेशमा गएर उपचार नगर्ने भनि अस्पतालको आईसियू कक्षबाटै घोषणा गर्नुभयो, जतिबेला डाक्टरले अवस्था ‘क्रिटिकल’ भएको र दुवै मृगौला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगिसकेको बताएका थिए । मृगौला नाटकीय रुपमा ‘रिकभर’ हुनु उहाँमा भएको बलियो आत्मबलले काम गरेको बताउँछन् डाक्टरहरु । नेपालका अस्पताल र नेपालका डाक्टरहरुप्रति आफ्नो पूर्ण विश्वास भएको उहाँले बताउनुभएको थियो ।
दक्ष प्राविधिज्ञ :-
पासाङ सैनिक कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुनुहुन्छ । जनयुद्धको सुरु भएको एकवर्षपछि उहाँ आफैले बार बोर बन्दुक बनाउनुभयो । त्यसपछि प्राविधि विभागको प्रमुखको जिम्मा पनि सम्हालेर थ्री–नट–थ्री राईफल, कतुवा पेस्तोल, टु–इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाउनुभयो । पछि जनसेनाले जनसैन्य प्रतिस्ठान बनायो, अलग्गै प्राविधिक विभाग बनायो, त्यो विभागले हतियारहरुको आविस्कार पनि गर्दै गयो ।
पुस्तक र साहित्य :-
जनयुद्धमा माओवादीले बनाएको सैन्य संरचनाका लागि आवश्यक पर्ने सैन्य कोर्श पासाङले नै बनाउनुभएको हो । त्यसक्रममा उहाँले माओको बेसिक ट्याक्टिस, क्लसबीथको अन वार, सञ्जुकाmे आर्ट अप वारलगायतका सैन्य विज्ञानका पुस्तकहरुको अध्ययन गर्नुभयो । आफ्नो अनुभव र ती पुस्तकहरुको अध्ययनको आधारमा उहाँले ‘आधारभूत सैन्य शिक्षा’ कोर्स तयार पार्नुभयो । त्यो कोर्स भाग १ देखि भाग ५ सम्मको छ । त्यहीं कोर्शको आधारमा माओवादीले युद्ध लड्यो ।
उहाँको साहित्यमा पनि विशेष रुची छ । उहाँले थुपै्र फुटकर गीत तथा कविताहरु लेख्नुभएको छ । केहीं गीतहरु संगितबद्ध हुन बाँकी छन् । वर्गसंघर्षको चरणमा उहाँले लेख्नुभएको ‘जनताहरु जाग्दैछन् जाग्दैछन्….’ गीत चर्चित थियो । युद्ध उत्कर्षमा चढ्दै गर्दा उहाँले लेखेको ‘हामी राता मान्छे..’, ‘हुरीका सन्तान हौं हामी..’ गित निकै चर्चित रहे । शान्तिप्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक ‘ईतिहासको रक्तिम पाईला’ नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ ।
मृत्यु नजिक :-
पासाङ जनयुद्ध अगाडि, जनयुद्ध र जनयुद्ध पछाडि गरि दर्जनाँै पटक मृत्युको मुखबाट फर्कनुभएको छ । जनयुद्ध सुरु हुनु अघि ०५१ मै प्रशासनले उहाँको टाउकोको मूल्य तोकिएको थियो । ९ मंसिर ०५१ मा उहाँको घरनजिकै चल्ने स्थानीय मेलामा प्रहरीले प्रहार गरेको गोली उहाँको छातिमा लाग्यो । तर उहाँ त्यहाँबाट भागेर बाँच्न सफल हुनुभयो । २१ चैत ०५६ मा उहाँकै नेतृत्वमा लडाकु दलले रुकुमको तकसेरामा रहेको इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा प्रहरीको जवाफी फायरको गोली उहाँको आँखा छेवबाट गयो । जसले गर्दा उहाँको आँखाको एउटा आ“खा क्लियर छैन ।
२४ वैशाख ०६९ मा तत्कालीन जनमुक्ति सेनाले रोल्पाको गाममा रहेको तत्कालीन शाही नेपाली सेनाको व्यारेकमाथि हमला ग¥यो । आक्रमणका कमाण्डर पासाङ सहयोगीसहित व्यारेकतर्फ बढ्दै गर्दा प्लाटुन कमाण्डर धर्मेन्द्रले उहाँलाई रोकेर आफु अगाडि बढ्नुभयो । आर्मीको गोली धर्मेन्द्रलाई लाग्यो । र, उहाँको सहादत भयो । धर्मेन्द्रले पासाङलाई रोकेर अगाडि नबढेको भए त्यो गोली पासाङलाई लाग्नेवाला थियो ।
त्यसो त उहाँ शान्तिप्रक्रियापछि पनि एकपटक गम्भीर विरामी परेर पनि बलियो आत्मबलका कारण मृत्युलाई जित्नुभयो । १७ जेठ ०६९ मा उहाँको दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थियो । तर उहाँको बलियो आत्मबल र चिकित्सकहरुको अथक मेहनतले दुवै मृगौला पुरानै अवस्थामा फर्किए ।
आफ्नै मृत्युको खबर :-
जनयुद्धको दौरान पासाङले थुपै्रपटक आफ्नो मृत्युको खबर सुन्नुभएको छ । केही मुत्युको खबरको आफैले खण्डन गर्नुभएको छ । १९ वैशाख ०५९ मा रोल्पाको लिस्नेमा रहेको आर्मी क्याम्पमा तत्कालीन जनमुक्ति सेनाले आक्रमण गर्दा रेडियो नेपालले ‘लिस्ने जंगलमा लुकेर बसेका आतंककारीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा ७०० माओवादीहरू मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादी आतंककारीहरूले बेहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने आशंका गरिएको छ’ भनेको थियो ।
कुनै सुविधाको पद नलिनुभएका :-
माओवादी शान्तिप्रक्रियामा आएको झण्डै १० वर्ष पुग्न लाग्दा पनि पासाङले कुनै पनि सुविधाको पद लिनुभएको छैन । उहाँका धेरै सहपाठीहरु कोही मन्त्री कोशी संसद सदस्य र कोहीले राजनीतिक नियुक्ति खाइसकेका छन् । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिस्पर्धा गरे पनि पराजित हुनुभयो ।
भूकम्पपछि उद्धारमा सक्रिय :-
१२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि उहाँ आफू पराजित भएको क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनामा सक्रिय हुनुभयो । कपनस्थित उहाँको डेरा घर चर्किएपछि उहाँ त्यसयता टहरोमा बस्दै आउनुभएको छ ।