कोसी ब्यारेजको विकल्पमा चतरा पुल

DSC02086नेपाल सरकारको ७९ करोड १४ लाख रुपैयाँमा निर्माण सुरु उक्त पक्की पुल २ सय ६१.३ मिटर लामो छ । पानीको सतहबाट २० मिटर मुनिबाट पिलर उठाएर निर्माण थालिएको पुलको उचाइ १७ मिटर अग्लो र चौडाई १० मिटर ५० सेन्टिमिटर रहेको छ । कोसी व्यारेजको विकल्प सप्तकोसीमा अर्को पक्की पुलको निर्माण गरिएको छ । सुनसरीको चतराघाट र उदयपुरको मैनामैनी जोड्ने पक्की पुलको निर्माण ९८ प्रतिशत पूरा भएको छ ।
तोकिएको समय आगामी जुन ३० मै पुल निर्माण पुरा गरी उद्घाटन गरिने जानकारी कम्पनी कालिका कन्ट्रक्सनले प्रालिले दिएको ।
चतरामा पुल बनेपछि सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहाक्षेत्र दर्शन गर्न आउने तीर्थालुलाईसमेत सहज हुने छ । पूर्व–पश्चिम राजमार्ग जोड्ने कोसी व्यारेजको विकल्पका रुपमा यो पुल बनाइएको हो ।पुलको ९८ प्रतिशत निर्माण पूरा भएको कालिका कन्ट्रक्सनको सप्तकोसी पुल निर्माण परियोजना प्रमुख इन्जिनियर छत्र अर्यालले जानकारी दिए ।
DSC02078 २०६५ भदौ २ गते सप्तकोसी कटानका कारण पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएपछि सरकारले कोसी व्यारेजको विकल्पमा यो पुल निर्माण थालेको हो । सप्तकोसीमा पक्की पुल बनेपछि पूर्वी नेपालका सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभालगायतका बासिन्दालाई आवत जावतमा सहज हुने छ ।