कोईलाडी स्थित राजेन्द्र देवकी विद्यालयमा छाडा चौपायाको विगविगी

koiladi schoolविद्यालय घेरवेर अभावको कारणले सप्तरीको कोईलाडि १ स्थित राजेन्द्र देवकी निम्न माद्यमिक विद्यालयमा छाडा चौपायाको विगविगी वढेको छ । विद्यालय हाताभित्र दर्जनौको संख्यामा गाईवस्तु पसेपछि पठनपाठनमा समेत समस्या परेको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झाले वताए ।

करिव ८ सय विद्यार्थी पढने गरेको उक्त विद्यालयको अगाडि ठुलो चौर रहेपनि दिनभरी गाईवस्तु आउने गरेका कारण वालवालिका कुनै वेला पनि दुर्घटनामा पर्न सक्ने खतरा रहेको झाको भनाई छ । गाउँलेहरुलाई गाई वस्तु छाडा नछोडिदिन पटक पटक आग्रह गर्दा पनि विद्यालयकै चौरमा चर्न छोडिदिने गरेको उनले वताए ।

घेरवेरका लागि विद्यालयसँग कुनै आर्थिक श्रोत नरहेको कारणले चाहेर पनि केहि गर्न नसकेको प्रधानाध्यापक झाको भनाई छ । ‘विद्यालयको अवस्था घेरवेरको अभावमा लथालिङ्ग रहेको वारे मैले पटक पटक जिल्ला शिक्षा कार्यालयलाई पनि जानकारी गराएको हुँ’ उनले भने–‘तर समस्या समाधानका लागि नत वजेटनै पठाईएको छ, नत अरु कुनै उपाय गरिएको छ ।’

खुल्ला ठाउँमा विद्यालय रहेको कारणले स्कुल वन्द भएको वेलामा समेत मानिस आएर विद्यालयमा क्षती पु¥याएको उनले वताए । वाहिरवाट आएका मानिसले स्कुल वन्द भएको वेलामा शौचालय भत्काई दिएको, दुई वटा ट्युवेल चोरी गरेको, झ्यालढोका तोडफोड गरे फर्निचर लगायतका सामग्रीमा क्षती पु¥याएको उनले वताए ।

lower ss koiladiयस वारे जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी रुद्र राईले माथिवाट वाहिरी वातावरण शिर्षकमा रकम आएपछि प्राथमिक्ताका आधारमा उक्त विद्यालयलाई पनि पर्खाल निर्माणको लागि रकम पठाईने वताउँदै हाल त्यस्तो रकम आई नसकेको जानकारी दिएका छन् ।