केन्द्रीय सदस्य अवधेशकुमार झा को अभिनन्दन

कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. राजविराजद्वारा मङ्गलवार आयोजित स्वागत तथाअभिनन्दन समारोहमा नवनिर्वाचित केन्द्रीय सदस्य, पत्रकार शिवहरि प्रसाद भट्टराई र प्रा.लि.का अध्यक्ष शिवनारायण साह ।
कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. राजविराजद्वारा मङ्गलवार आयोजित स्वागत तथाअभिनन्दन समारोहमा नवनिर्वाचित केन्द्रीय सदस्य, पत्रकार शिवहरि प्रसाद भट्टराई र प्रा.लि.का अध्यक्ष शिवनारायण साह ।

नेपाल प्रेस युनियनका नव निर्वाचित केन्द्रीय सदस्य अवधेशकुमार
झाले प्रेस युनियन सप्तरीको बिवादलाई सुल्झाएर व्यवसायिक पत्रकारिताको
विकासका लागि सशक्त रुपमा अगाडि बढ्ने बताएका छन् ।

कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. राजविराजद्वारा मङ्गलवार आयोजित स्वागत तथा
अभिनन्दन समारोहमा सम्मान ग्रहण गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
युनियनभित्रको बिवादले आफूलाई चिन्तित तुल्याएको बताउँदै उनले भने–
जिल्लाको बिवाद सुल्झाएर व्यवसायिक पत्रकारिताको विकास तथा मधेशका
पत्रकारहरुको हक हितकालागि अगाडि बढ्नेछु ।
प्रेस युनियनमा अन्य संगठनप्रति आस्था राख्ने केही व्यक्तिहरुका कारण विवादको
अवस्था सिर्जना भएको बताउँदै युनियनका केन्द्रीय सदस्य झाले अन्य आवरणमा
रहेर युनियनभित्र गुटबन्दी गर्नेहरुको अब गुञ्जायस नहुने दावी गरे । संगठनको
सुदृढिकरणको शुरुवात सप्तरीबाट गरी देशव्यापी रुपमा अगाडि बढाउने बताउँदै
उनले भने– घरभित्रको बिवाद समाधान भएपछि अन्य कामहरु गर्न सहज हुनेछ

त्यसैले आन्तरिक विवाद समाधान मेरो पहिलो प्राथमिकता हुनेछ ।
आफूले मोफसलकै कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.द्वारा प्रकाशित सत्यापन
साप्ताहिकबाट २०५५ सालमा औपचारिक रुपमा पत्रकारिता शुरुवात गरेको स्मरण
गर्दै उनले भने– मोफसलका पत्रकार तथा पत्रिकाहरुको समस्याबारे मैले प्रत्यक्ष
अनुभव गरेको छु, त्यसैले स्थानीय पत्रिकाहरुमा विज्ञापन सुविधा तथा पत्रकारहरुकाहक हितमा काम गर्नेछु । आफूले पत्रकारिता शुरुवात गरेको प्रकाशन गृहले केन्द्रीय सदस्यमा निर्वाचित भएको केही घण्टामै सम्मान गरेकोमा उनले खुशीव्यक्त व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले समस्या समस्याकाबिच नेपाली पत्रकारिता अगाडि बढीरहेकोले पत्रकारहको पेशागत सुनिश्चितता,सुरक्षालगायतका विषयहरुमा काम गर्न नव निर्वाचित केन्द्रीय सदस्य झालाइसुझाव दिए । जिम्मेवार एवम् इमान्दार भएर काम गर्न आग्रह सहित आगामी दिनहरुमा अझ सशक्त भएर अगाडि बढ्न उनले आग्रह गरे ।
कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष शिवनारायण साह ‘सुरज’ले आफ्नै
प्रकाशन गृहमा काम गरिसकेका सहकर्मी झाले पाएको सफलताले प्रा.लि. परिवार
गौरवको अनुभुति गरिरहेको बताए । विगतमा प्रा.लि.द्वारा प्रकाशित सत्यापन
साप्ताहिक र न्यूज टुडे दैनिकमा सहकर्मी भएर पत्रकार झाले काम गरेको चर्चा
गर्दै उनले भने– हाम्रो प्रकाशन गृहबाट प्रकाशित पत्रिकाहरुमा विगतमा काम गरेकासहकर्मीहरुले प्रगती गरेको सुन्दा हामी खुशी एवम् गौरवान्वित महशुस गर्दछौं

कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव, प्रेस युनियनका
निवर्तमान केन्द्रीय सदस्य सुमन कुमार मिश्र, कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का
सदस्य पवन कुमार मिश्र, नेपाल पत्रकार महासंघका पार्षद समेत रहेका मधेशी पत्रकारसंघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलगायतकाले शुभकामना सहित कार्यकालसफलताको कामना गरेका थिए । सोही समारोहमा प्रमुख अतिथि वरिष्ठ पत्रकार भट्टराई र प्रा.लि.का अध्यक्ष साहले फूलको माला लगाउनुका साथै दोसल्ला
ओढाएर युनियनका नवनिर्वाचित केन्द्रीय सदस्य झालाई सम्मान गरिएको छ ।