केडिया मुक्त,एकसय करोड फिरोती मागेको दावी

Suresh-Kediyaबिहीबार साँझ बाराबाट अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडियालाई नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको मोतिहारीबाट सकुशल अपहरण मुक्त गराएको छ ।

सुरेशका भाइ तथा उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष प्रदीप केडियाले समेत दाइ अपहरण मुक्त भएको, फोनमा कुराकानी गरिएको र मोतिहारीमा रहेको जानकारी दिएको हाम्रा संवाददाताले जनाएका छन् । व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योग सञ्चालक सुरेश विहीबार साँझ बीरगन्ज फर्किने क्रममा पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए ।

उनी सवार बा १० च सात दुई चार शुन्य नम्बरको गाडी रोकेर चालक श्याम उमेश कानुमाथि गोली प्रहार गरेका गरिएको थियो । प्रहरीको उच्च स्रोतले अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको र दुईजना भने फरार रहेको दावी गरेको छ । भारतीय सञ्चार माध्यमले सकुशल मुक्तिका लागि अपहरणकारीले एकसय करोड फिरोती मागेको दावीसहित खबर प्रकाशन गरेका थिए ।

केडिया फिरौती बुझाएर मुक्त भएका हुन्हो/इनन् या भारतीय प्रहरीले बल प्रयोग गरी मुक्त गराएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन । प्रहरी उच्च स्राेतका अनुसार उनकाे अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ भने दुईजना फरार भएका छन् । स्राेतका अनुसार याे अपहरण बिहारकाे निकै कुख्यात मानिएकाे बब्बु दुबे समुहबाट गराइएकाे थियाे । बब्बु माेतिहरीकै एक कारागारमा कैद सजाय भुक्तान गरीरहेका छन् ।
यसबारेमा भारतको मोतिहारी प्रहरीका एसपीले केहिबेरमा पत्रकार सम्मेलन गर्दैछ । नेपाली उद्योगी केडियालाई लिन नेपाल प्रहरीको टोली पनि वीरगञ्जबाट मोतिहारीतर्फ गएको छ ।