कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख देव

क्याम्पस प्रमुख र लेखा अधिकृतलाई थुनिएको कार्यकक्ष ।
क्याम्पस प्रमुख र लेखा अधिकृतलाई थुनिएको कार्यकक्ष ।

असार बित्दै लाग्दा पनि हालसम्म आफूहरुले तलब नपाएको भन्दै राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पमा कार्यतर आंशिक प्राध्यापकहरुले आइतवार क्याम्पस प्रमुख र लेखा अधिकृतलाई कार्यकक्षमै थुनेका छन् ।
लामो समयदेखि आफूहरुले कार्य गर्दैआए पनि पारिश्रमिककालागि पटक–आग्रह गर्दा पनि सुनवाइ नभएको भन्दै आक्रोशित प्राध्यापकहरुले क्याम्पस प्रमुख डा. चिरञ्जिवीलाल देव र लेखा अधिकृत उतिमलाल रायलाई कार्यकक्षमै थुनेका हुन् । पारिश्रमिकको विषयमा क्याम्पस प्रुमख देव र लेखा अधिकृत रायलाई आग्रह गर्दा पनि सुनुवाइ नभएपछि दुवैजनालाई आ–आफ्नै कक्षमा थुन्न बाध्य भएको आंशिक प्राध्यापक रणधीर कर्णले जानकारी दिए ।
मानविकी, विज्ञान र व्यवस्थापन संकायमा कार्यरत आंशिक प्राध्यापकहरुको विगत एक वर्षदेखिको तलब नदिएको, शिक्षा संकायतर्फ बीएड एवम् एमएडमा पढाउनेहरुले पाँच महिनाको तथा एक वर्षे बीएडमा पढाउने. शिक्षकहरुले २०६६ सालदेखि तलब नपाएको उनले बताए । आङ्गिकतर्फ २२ तथा शिक्षातर्फ २८ जना गरी ५० जना अध्यापक कार्यरत छन् ।

राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस ।
राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस ।

यता आफ्नै कार्यकक्षमा थुनिएका क्याम्पस प्रमुख डा. देवले आंशिक प्राध्यापकहरुकालागि त्रिभुवन विश्व विद्यालयबाट तलब नपठाउने गरेकोले आन्तरिक श्रोतबाट तलब उपलब्ध गराउँदैआएको बताए । क्याम्पसको आन्तरिक आर्थिक श्रोत कमजोर रहे पनि जेनतेन धान्दैआएकोमा यो वर्ष पनि उनीहरुको तलब व्यवस्थापनकालागि प्रयासरत रहेको उनले जानकारी दिए ।