काठमाण्डौको सडकमा वालवालिकालाई उतार्नु कुकृत्य : शैक्षिक संस्था (संयुक्त प्रेस विज्ञप्ती-पूर्ण पाठ )

DSCF0362अधिकार संरक्षणको आडमा काठमाण्डौं स्थित शैक्षिक संस्थाका छाता संगठनहरुले कुकृत्य गरेको सप्तरीका शैक्षिक संगठनहरुले आरोप लगाएका छन् । मंसिर ११ गते प्याब्सन, एन प्याब्सन, नेपाल प्याब्सन, हिसान र शिक्षक महासंघको आह्वानमा मानव साङ्लो निकालेर छाता संगठनहरुले कुकृत्य गरेको उनीहरुको आरोप छ ।

शैक्षिक संघ संस्था सप्तरीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डलले तथाकथित मानवसाङ्लो निकालेर विद्यार्थीलाई कुटनिति र राजनितिमा फसाईएको आरोप लगाउँदै त्यसको भत्र्सना समेत गरे । ुनेपालमा देखिएको वर्तमान संकट स्पष्टतः देश भित्र विद्यमान रहेको निषेधको राजनीति र कुटनितिक विफलताको परिणाम हो । मधेश र थरुहट आन्दोलन समान अधिकार र अवसरको प्राप्तीका लागि भएको होु मण्डलले भने(ुयसै सन्दर्भमा वच्चाहरुद्वारा प्रदर्शन गर्नुले उनीहरुलाई राजनिति र कुटनितिमा प्रवेश गराएको छ, अव कुन मुखले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर र विद्यालयमा राजनिति नगर भन्ने ?

मण्डलद्वारा वाचन गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ(ुवालअधिकार र संरक्षणको माग गर्नु जायज कुरा हो, त्यसमा दुईमत हुनै सक्दैन । तर, त्यसकै आडमा राजनिति गर्नु वा राजनितिमा फस्नु काठमाण्डौ स्थित छाता संगठनका केन्द्रिय पदाधिकारी एवम् शिक्षकहरुको अशोभनिय कार्य हो, यस कुकृत्यको हामी भत्र्सना गर्दछौं ।ु विज्ञप्तिमा विभिन्न ७ वुँदे जिज्ञासा र चुनौती प्रश्तुत गर्दै केन्द्रिय संघ÷संगठनसँग जवाफ र वहसका लागि चुनौति समेत दिईएको छ ।

वहुसंख्यक राष्ट्रिय मिडियाकै भाषामा भन्ने गरीएको नाकावन्दी भन्दा ५० दिनअघिदेखि मधेशका वालवालिकाले विद्यालय जान नपाउँदा छाता संगठन र शिक्षकहरु नवोलेको भन्दै विज्ञप्तिमा प्रश्न गरिएको छ(ुछाता संगठन र शिक्षकहरुले पनि विभेद, निषेध र कित्ताकाटको राजनिति सुरु गरेको हो ?ु शैक्षिक संघ संगठनले आन्दोलनरत पक्षसँग ४५ दिनसम्म लगातार ७ पटकसम्म वार्ता गरुन्जेल पनि केन्द्रीय स्तरवाट कुनै पहल नभएको र त्यस्तो अवस्थामा पनि आफुहरुले विद्यार्थीलाई सडकमा नउतारेको स्पष्ट पार्दै मधेशमा भएका संघ÷संगठन छाता संगठन अन्तर्गत पर्छन की पर्दैनन् भन्दै प्रश्न गरिएको छ ।

शैक्षिक संघसंस्थाका तर्फवाट वालअधिकारको क्षेत्रमा काम गर्ने आईएनजिओ,एनजिओ,राष्ट्रिय मिडिया, सरकार र आन्दोलनरत पक्षलाई आ(आफनो चस्मा फराकिलो पार्न, वर्गिय चरित्रको घेराभन्दा वाहिर निस्कन र नेपाललाई समग्रमा हेर्न आग्रह गर्दै काठमाण्डौं र एउटा खास वर्ग मात्र नेपाल र नेपाली नभएको स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा सप्तरी स्थित नेपाल शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्रप्रसाद साह, नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव, नेपाल शिक्षक मंचका अध्यक्ष सुकदेव यादव, एकीकृत  अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामेन्द्रनाथ यादव, मधेशी शिक्षक फोरम नेपालका अध्यक्ष श्यामप्रसाद यादव, प्याब्सनका प्रतिनिधी, नेशनल प्याव्सनका अध्यक्ष वौकु साह र नेपाल प्याव्सनका अध्यक्ष दिनेश कुमार यादवले हस्ताक्षर गरेका छन्।

पत्रकार सम्मेलनमा शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डलले वाचन गरेर सुनाएका थिए भने विजयानन्द झाले विज्ञप्तिमा उठाईएका विषयमा स्पष्ट पार्दै छाता संगठन विरुद्ध उनीहरुकै घरमा प्रवेश गरी गलत निर्णय विरुद्ध हस्तक्षेप गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको वताए ।

२०७२ मङ्सिर १३ गते (आईतवार)

 संयुक्त प्रेस विज्ञप्ती (प्रतिक्रिया)

यहि मङ्सिर ११ गते काठमाण्डौ रिङ्ग रोडमा स्कुले बाल बालिकाको प्रदर्शन (तथाकथित मानब साङ्लो) ले सप्तरीका निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन प्याब्सन, एन.प्याब्सन, नेपाल प्याब्सन, हिसान र सामुदायिक तर्फका शिक्षक महासंघ समेतको गम्भिर ध्यानाकर्षण गराएको छ । नेपालमा देखिएको वर्तमान संकट स्पष्टतः देश भित्र विद्यमान रहेको निषेधको राजनीति र कुटनितिक विफलताको परिणाम हो भन्ने हाम्रो ठहर छ । मधेश र थरुहट आन्दोलन समान अधिकार र अवसरको प्राप्तीका लागि भएको हो । प्रत्यक्ष रुपमा बच्चाहरुलाई यो प्रदर्शनले राजनिती र कुटनितीमा प्रवेश गराएको छ र अब कुन मुखले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर वा विद्यालयमा राजनिति प्रवेश नगराउ भन्ने माँग गर्ने, गुरुहरु ?

बालअधिकार र संरक्षणको माँग गर्नु जायज कुरा हो । त्यसमा दुईमत हुनै सक्दैन तर त्यसकै आडमा राजनिती गर्नु वा राजनितीमा फस्नु काठमाण्डौ स्थित छाता संगठनका केन्द्रिय पदाधिकारी एवंम शिक्षकहरुका लागि अशोभनीय पक्ष हो र हामी यस कुकृत्यको भत्र्सना गर्दछौं र यसै सन्दर्भमा यस प्रेस विज्ञप्ती मार्फत केहि जानकारी दिनचाहन्छौं र तपाईहरु सँग जवाफ छ भने जवाफ दिन र बहस गर्न चुनौति दिन्छौं ।

१.    सरकार र सरकारी बोली मात्र बोल्ने बहुसंख्यक राष्ट्रिय मिडियाको भाषामा अघोषित नाकाबन्दी भन्दा पहिला लगभग पचास दिन सम्म तराई मधेशका बालबालिकाले विद्यालय जान पाएनन् ,त्यतिबेला र आजका दिनसम्म पनि किन यी छाता संगठनहरु र शिक्षकहरुले एक शब्द पनि बोलेका छैनन् ?

२.   छाता संगठन र शिक्षकहरुले पनि विभेद र निषेध तथा कित्ताकाटको खुल्ला राजनिती सुरु गरेका छन् कि ?

३.    आफु पिडित भए पछि मात्र पिडाको पिडा महसुस गर्ने प्रवृति भएका शिक्षक नेतृत्वले विद्यार्थीलाई सही रुपमा  शिक्षा दिन सक्छन् त?

४.     टी.भी, अन्तवार्तामा केहि विद्यार्थीले पैदल विद्यालय जानुपरेको गुनासो गरेको पाइएको छ । हाम्रा र पहाडका ९५ प्रतिशत बालबालिका पैदल विद्यालय जान बाध्य छन । के पैदल हिडनु पाप हो ? पैदल हिडेर पनि विद्यालय जाउ, आत्म निर्भर बनौ, भनी हामीले सिकाइरहेका छैनौं ?

५.      यहाँका आन्दोलनकारीहरु सँग वार्ता गरेर हामीले लगभग ४५ दिनसम्ममा लागातार सात पटक वार्ता गरेर विद्यालय संचालनमा अवरोध नगर्न सहमत गराएका छौं र यसमा तपाईहरुको कुनै भुमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएन यद्धपि कि यँहाका संगठनहरु पनि तपाईहरुकै विस्तार हो । हो कि होइन ? हामीले बालबालिकालाई सडकमा उतारेनौं । अब भन्नुस को बाल अधिकार र संरक्षणको पक्षपाति हो,हामी की राजनिती मात्र गर्ने तपाई ?

 ६.    आन्दोलन १०५ दिन भन्दा बढी एंवम काठमाण्डौं संकट पनि ५५ दिन भन्दा बढी वितीसक्दा पनि यसै विषयहरुमा केन्द्रिय स्तरमा, क्षेत्रिय स्तरमा सघन अन्तरकृयाहरु गर्नुपर्ने थियो कि थिएन ? शिक्षकहरु राजनिती गर्दैनन् तर राजनितीलाई दिशाबोध गराएको, राजनैतिक अवधारणा सांगठनिक स्तरमा प्रकट गरेकै छ ,तर बालबालिकाको प्रयोग गरेर होइन ।

७.    नैतिक बल छ भने हामी तपाईको सुरक्षाको जिम्मा लिन्छौं र हामीले आयोजना गरेको स्थानमा तपाई स्वयंम्भू शिक्षक नेताहरु आउनुस वा तपाईहरु सुरक्षाको जिम्मा लिनुस हामी तपाईले आयोजना गरेको स्थानमा आउन र बहस गर्न तयार छौं । सुरक्षा शब्दको प्रयोग गर्नु पर्ने कारण तपाईहरुको विचलन र मत्तिभ्रमको परिवेशले ल्याएको बाध्यता हो ।

र अन्तमा बालअधिकार र अधिकारहरुको क्षेत्रमा काम गर्ने क्ष्ल्न्इक्, ल्न्इक् र राष्ट्रियमेडिया,सरकार, आन्दोलनरत पक्षहरु र अन्य आ— आफनो चस्मा फराकिलो बनाउँ, वर्गीय चरित्रको घेराभन्दा बाहिर आउ र नेपाललाई समग्रमा हेर्ने गरौं । काठमाण्डौं र एउटा खास वर्ग मात्र क्रमश ः नेपाल र नेपाली होइनन् र अनि मात्र हुन्छ सयौं थुगाँ फूलका हामी एउटै माला नेपाली ।  

१. नेपाल शिक्षक महासंघ सप्तरी        अध्यक्ष— फुलेश्वर कुमार मंडल

२. नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरी        अध्यक्ष — योगेन्द्र प्रसाद साह

३. नेपाल शिक्षक संघ सप्तरी         अध्यक्ष — परशुराम यादब

४. नेपाल राष्ट्रिय शिक्षक परिषद् सप्तरी        अध्यक्ष — देबु प्रसाद यादब

५. नेपाल शिक्षक मंच सप्तरी        अध्यक्ष — सुकदेव यादब

६.      एकीकृत अखिल नेपाल शिक्षक संगठन सप्तरी   अध्यक्ष—रामेन्द्रनाथ यादब

७. मधेशी शिक्षक फोरम नेपाल, सप्तरी        अध्यक्ष— श्याम प्रसाद यादव

८. अखिल नेपाल शिक्षक संगठन, सप्तरी        अध्यक्ष — किशोर कुमार साह

        ९.      प्याव्सन सप्तरी          अध्यक्ष — पंचदेव यादब

१०. नेशनल प्याव्सन (एन—प्याव्सन) सप्तरी       अध्यक्ष — बौकु साह

११. नेपाल प्याव्सन, सप्तरी                      अध्यक्ष — दिनेश कुमार यादव