कागजी होईन वास्तबिक बिकास

DSCF0388आर्थिक बर्ष २०७१।०७२ को अब केही दिन मात्र बाँििक छ । हालै मुलुकमा आएको बिनासकारी भुकम्पको कारणले अस्त ब्यस्त बनेको अबस्थामा अगामी आर्थिक बर्ष निकै चुनौतीपूर्ण हुने निश्चित छ ।

सप्तरीको सन्दर्भमा हेर्दा यहाँ भुकम्पले खासै (तुलनात्मक रुपमा) क्षति नपुर्याएपनि बिकासीय दृष्ट्रिकोणबाट यो जिल्ला क्रमशः पछाडी परेको कुरा नौलो होईन । जिल्लामा बिकासको गति ल्याउनकालागी सुशासन, सुरक्षा,पारदर्शिता, जवाफदेहिता लगायतका बिषयलाई समेट्न सक्नु पर्दछ । जिल्लाको बिकासीय अभियानमा प्रमुख भुमिका निर्वाह गर्ने जिल्ला बिकास समितीबाट सम्पादन हुने बिकास निर्माणका काममा गुणस्तरीयता कायम हुनु पर्ने कुरा आम जिल्लाबासीको चाहना हो ।

आर्थिक बर्ष समाप्तितिर हतार हतारमा काम सम्पत्र भएको कागज पेश गरेर बजेट निकासा लिने परिपाटी निरुत्साहित होस् भत्रकालागी यति बेला नै चनाखो हुनुपर्ने अहम् सवाल पनि छँदैछ बर्ष भरि ढिलासुस्ती गरेर आर्थिक बर्षको अन्त्यतिर हतार हतारमा काम गरि निकासाकालागी दौडधुप हुने गरेको बिगतको परम्परा सप्तरीकालागी नौलो कुरा होईन । बिकास अभियान अन्तर्गत हुने कुनै पनि निर्माण कार्यमा गुणस्तरीयता भए मात्र त्यो काम दीगो हुन्छ अनि जनताले बिकासको बास्तबिक प्रतिफल पाउन सक्छन् । त्यसो भएमा मात्र जनताको घर दैलो सम्म बिकासको अनुभुति हुन्छ । यसले जिल्लाको बिकासीय गतिलाई अग्रता समेत दिने निश्चित छ ।

त्यसैले बिकासलाई कागजी मिलानमा मात्र सिमित नराखी त्यसको प्रतिफल जनता सम्म कसरी पुग्न सक्छ भत्रे पबित्र उदेश्यका साथ आर्थिक बर्ष भित्र सम्पादन भएका कामको अनुगमन, मुल्यांकण बारे पनि ध्यान पुग्नु जरुरी छ ।